9 years ago
February 7, 2016
गुवाहटी, २४ माघ । नेपाली पुरुष फुटबल टिमले भुटानविरुद्ध खेल्दै नेपालले १२औं दक्षिण एसियाली खेलकुद सागको सुरुआत गर्दैछ ।
नेपाल र भुटानको खेल गुवाहाटीस्थित नेहरु रंगशालामा दिउसो सवा दुई बजेपछि हुनेछ ।
दुई साताअघि बंगलादेशमा बंगबन्धु गोल्ड कपको उपाधि जितेको नेपाली टोली फेरि अर्को उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ । नेपाली टोलीमा अधिकांश यु–१९ का खेलाडीरुको बाहुल्यता छ । यसका साथै बंगबन्धु गोल्डकपका सर्वाेत्कृष्ट खेलाडी नवयुग श्रेष्ठको साथ पनि टोलीमा छ । यस्तै अनुभवी खेलाडी तथा कप्ता विराज महर्जन, विक्रम लामा र जगजित श्रेष्ठको साथ पनि टोलीलाई रहनेछ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले खेलाडीको मनोबल नै टोलीको जितको आधार भएको बताए । प्रशिक्षक शाक्यले समूह चरणको भुटानविरुद्धको खेल अर्काे चरण प्रवेशका लागि महत्वपूर्ण भएको बताए । उनले भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्ने दाबी पनि गरे । भुटानलाई पराजित गर्न सके नेपाल समूह बीबाट सेमिफाइनलमा पुग्नेछ । नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल ११ तारिखमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]