7 years ago
June 17, 2018
कालिनग्राड (एजेन्सी) – विश्वकप अन्तर्गत समूह डीको खेलमा क्रोएसियाले नाइजेरियालाई पराजित गर्दै तीन अंक प्राप्त गरेको छ। शनिबार राति कालिनग्राड रंगशालामा भएको खेलमा क्रोएसियाले नाइजेरियालाई २-० ले पराजित गर्यो।
खेलको ३२ औं मिनेटमा नाइजेरियाका ओघेनेकारो इटेबोको आत्मघाती गोलमा क्रोएसियाले अग्रता लियो। कर्नरमा मारियो माञ्जुकिकको हेडर एटेबोलाई लाग्दै गोलमा परिणत भयो।
दोस्रो हाफमा ७१ औं मिनेटमा क्रोएसियाका कप्तान लुका मोड्रिकले पेनाल्टीमा गोल गर्दै २-० बनाए। माञ्जुकिकलाई ट्रोस्ट-इकोङ्गले लडाएपछि पाएको पेनाल्टीलाई रियलमा मिडफिल्डरले गोलमा परिणत गरे।
January 16, 2025
अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]
January 16, 2025
काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]
January 16, 2025
हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]