7 years ago
June 16, 2018
सिमरा (हाम्रो खेलकुद) – वडा नम्बर १ ले जीतपुरसिमरा उपमहानगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा शनिबार भएको फाइनल खेलमा वडा नं. २ लाई १–० ले हराउँदै वडा नं. १ ले उपाधि जितेको हो । पुजन श्रेष्ठको गोल खेलको निर्णायक बनेको थियो ।
रोमाञ्चक फाइनल भिडन्तमा पुजनले खेलको ६० मिनेटमा गरेको गोल निर्णायक बन्न पुग्यो । पुजन खेलको म्यान अफ दि म्याच घोषित भए । विजेता टोलीले ५० र दोस्रो भएको टोलीले २५ हजार रुपैयाँ प्राप्त गरे ।
विजेता, उपविजेता टोलीका खेलाडीलाई प्रदेश सभा सदस्य शोभा लामा, जीतपुरसिमरा उमपहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, उपमेयर सरस्वती चौधरी, वडा नं. १ का अध्यक्ष हिराबहादुर गुरुङ, कार्यपालिका सदस्य सुभद्रा न्यौपानेलगायतले पुरस्कृत गरे ।
वडा नं. १ का निरज थापा मगर प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए र उनले ११ हजार रुपैयाँ प्राप्त गरे । निरज नै उत्कृष्ट फरवार्ड चुनिए । प्रतियोगितामा समान ४ गोल गरेका निरज थामामगर र वडा नं. ५ का कृपा चौधरीले उच्च गोलकर्ता बने । दुवैले २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
वडा नं १ का रोहन मगर उत्केष्ट गोलकिपर, रोहन लामा उत्कृष्ट रक्षक र वडा नं २ का प्रज्वल थापा मगर उत्कृष्ट मिडफिल्ड घोषित भए । उनीहरुले समान ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक विकासशील क्लबले आयोजना गरेको थियो ।
कार्यक्रममा प्रतियोगिताको प्रवद्र्धकको रुपमा रहेको नेपाल खेलकुद पत्रकार मञ्च बारा, शान्तिसुरक्षा प्रदान गर्ने ईलाका प्रहरी कार्यलय सिमरा, सशस्त्र प्रहरी बेस क्याम्प जीतपुर र विभिन्न ब्यक्तित्वलाई मायाको चिनो प्रदान गरिएको थियो । क्लबका अध्यक्ष दिपक भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सुनिल गाँउलेले र स्वागत मन्तव्य सचिव निरज पुडासैनीले राखेका थिए ।
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले अनन्त तामाङलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ। राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य समेत रहेका डिफेन्डर अनन्तकै कप्तानीमा ललितपुरले एनएसएलको दोस्रो संस्करण जितेको थियो। सामाजिक सन्जालमार्फत ललितपुरले शुक्रवार अनन्तलाई निरन्तरता दिएको जनाएको छ। तेस्रो सिजनका लागि मार्कीमा निरन्तरता पाउने अनन्त मात्र खेलाडी हुन्। […]
February 21, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनलमा मिलन राईको २ गोलमा भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २- १ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि भुटानका पुष्पलाल तेन्द्रेल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । बुटवल लुम्बिनीले प्रेस विज्ञप्ति जारी गर्दै शर्मालाई प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी दिएको हो । पछिल्लो केही वर्षयता भुटानको पारो एफसीको सफलतामा महत्वपुर्ण योगदान दिएका उनी नेपाली फुटबलमा पनि परिचित छन् […]