default_image

7 years ago

June 16, 2018

एपिएफलाई लालबन्दी गोल्डकप उपाधि, प्रविण सर्वोत्कृष्ट खेलाडी

72 views

0 Bookmark

सर्लाही (एजेन्सी)– विभागीय नेपाल एपिएफ क्लब लालबन्दी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । राधाकृष्ण खेल मैदानमा शनिबार भएको प्रदेश २ को सर्वाधिक पुरस्कार राशिको प्रथम लालबन्दी गोल्डकपको फाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै एपिएफले वर्षको पहिलो उपाधि जितेको हो ।

एपिएफलाई च्याम्पियन बनाउन प्रविण स्याङतान र रुप बहादुर लामाले गोल गरे । पुलिसले उपहार गोल पाएको थियो । खेलको २९ र्औ मिनेटमा प्रविण स्याङतानको गोलबाट एपिएफले अग्रता बनाएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको एपिएफले ७५ औं मिनेटमा आत्मघाती गोल खादा खेल १–१ गोलको बराबरीमा पुग्यो ।

पुलिसका अजित भण्डारीको प्रहारलाई बचाउने क्रममा एपिएफका भरत शाहीले बललाई आफ्नै पोष्टमा गोल गरेका थिए । तीन मिनेटपछि नै रुप बहादुरले गोल गरेपनि एपिएफले पुनः अग्रता लिएको थियो । त्यसअघि पुलिसले छैटौ मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्नबाट चुकेको थियो । भोला सिलवालको प्रहार एएिफका गोलरक्षक राजु नगरकोटीले विफल पारेका थिए ।

च्याम्पियन एपिएफले उपाधिसहित ७ लाख र पुलिसले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । एपिएफका प्रविण स्याङतान प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए र उनले ५० हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट गोलकिपर चुनिएका एपिएफका राजु नगरकोटी २५ हजार रुपैयाँ पाए ।

सर्लाही–११ का सनी चौधरी उदियमान खेलाडी घोषित भए र उन मोटसाइकल प्राप्त गरे । सर्लाही जिल्ला फूटबल संघ र लालबन्दी नगरपालिकाको संयुक्त आयोजनामा जेठ २४ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता थियो ।

February 21, 2025

ललितपुर एफसीको मार्कीमा अनन्तको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को‌ साविक विजेता ललितपुर सिटी एफसीले अनन्त तामाङलाई‌ मार्की खेलाडीमा‌ निरन्तरता दिएको छ। राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य समेत रहेका डिफेन्डर अनन्तकै कप्तानीमा‌ ललितपुरले एनएसएलको दोस्रो संस्करण जितेको थियो।‌ सामाजिक सन्जालमार्फत ललितपुरले शुक्रवार अनन्तलाई निरन्तरता दिएको जनाएको छ। तेस्रो सिजनका लागि मार्कीमा निरन्तरता पाउने‌ अनन्त मात्र खेलाडी हुन्। […]

February 21, 2025

आयोजक भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनलमा मिलन राईको २ गोलमा भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २- १ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको […]

February 21, 2025

भुटानका शर्मा बुटवलको प्रशिक्षकमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि भुटानका पुष्पलाल तेन्द्रेल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । बुटवल लुम्बिनीले प्रेस विज्ञप्ति जारी गर्दै शर्मालाई प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी दिएको हो । पछिल्लो केही वर्षयता भुटानको पारो एफसीको सफलतामा महत्वपुर्ण योगदान दिएका उनी नेपाली फुटबलमा पनि परिचित छन् […]

Success

Thank you for your time.