7 years ago
June 16, 2018
मस्को (एजेन्सी) – विश्वकप समूह ‘डि’ को पहिलो खेलमा साविक उपविजेता अर्जेन्टिना र पहिलो विश्वकपमा खेल्दै गरेको आइसल्यान्ड १-१ को बराबरीमा रोकिएका छन् ।
खेलको १९ औं मिनेटमा मार्कोस रोहोको पासमा सर्जियो अगुएरोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट नबित्दै आइसल्यान्डले खेल बराबरी गरेको हो । आइसल्यान्डका लागि स्ट्राइकर अल्फ्रेड फिन्बोगासनले गोल गरेका हुन् ।
खेलको ६४ औं मिनेटमा भने अर्जेन्टिनाले पेनाल्टी पाउंदै खेलमा अग्रता लिने अवसर पाएको थियो । त्यस पेनाल्टीमा कप्तान लियोनल मेस्सीको प्रहारलाई आइसल्यान्डका गोलकिपर हालडोर्सनले रोकेका थिए । सो पेनाल्टी विश्वकपमा मेस्सीको पहिलो पेनाल्टी पनि थियो ।
अर्जेन्टिनाले अन्तिममा कैयौं प्रहार गरे पनि ती विफल भएका थिए । अब ९.४५ बजे समूह ‘सी’ का पेरु र डेनमार्क भिड्दै छन् भने १२.४५ बजे समूह ‘डि’ कै क्रोएसिया र नाइजेरिया आम्ने साम्ने हुंदै छन् ।
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले अनन्त तामाङलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ। राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य समेत रहेका डिफेन्डर अनन्तकै कप्तानीमा ललितपुरले एनएसएलको दोस्रो संस्करण जितेको थियो। सामाजिक सन्जालमार्फत ललितपुरले शुक्रवार अनन्तलाई निरन्तरता दिएको जनाएको छ। तेस्रो सिजनका लागि मार्कीमा निरन्तरता पाउने अनन्त मात्र खेलाडी हुन्। […]
February 21, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनलमा मिलन राईको २ गोलमा भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २- १ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि भुटानका पुष्पलाल तेन्द्रेल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । बुटवल लुम्बिनीले प्रेस विज्ञप्ति जारी गर्दै शर्मालाई प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी दिएको हो । पछिल्लो केही वर्षयता भुटानको पारो एफसीको सफलतामा महत्वपुर्ण योगदान दिएका उनी नेपाली फुटबलमा पनि परिचित छन् […]