7 years ago
June 16, 2018
मस्को (एजेन्सी) – लियोन मेस्सीको अर्जेन्टिनाले यसपटकको विश्व कपको सुरुवात कसरी गर्ने छ भन्ने धेरैको कौतुहलता रहेको छ । स्पेनविरुद्ध पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिकपछि अब सबैको नजर मेस्सीमाथि हुनेछ । उनले पहिलो खेलमा कस्तो प्रदर्शन गर्नेछन् भन्ने उनका समर्थकको मात्र होइन आलोचकको पनि नजर रहनेछ ।
अर्जेन्टिना सम्मिलित समूह ‘डी’ का खेलहरु हुदैछन् । दाबेदारका रुपमा हेरिएको दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले पहिलोपटक विश्वकप खेल्न लागेको युरोपेली राष्ट्र आइसल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल मस्कोस्थित स्पार्कटस स्टेडियममा नेपाली समयअनुसार ६ः४५ बजेपछि शुरु हुनेछ । यी दुवै टोली कुनै प्रतियोगितामा पहिलोपटक खेल्न लागेका हुन् ।
अर्जेन्टिना पहिलो खेलमा आइसल्याण्डलाई पराजित गर्दै दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाउने योजनामा हुनेछ । उत्कृष्ट एट्याकिङ लाइनअप रहेको अर्जेन्टिनासँग आधुनिक फुटबलका स्टार खेलाडी मेस्सीसँगै सर्जियो अगुएरो, एन्जल डि मारिया जस्ता खेलाडीहरुको साथ रहेको छ । तर, जर्ज साम्पाओलीको अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा राम्रो प्रदर्शन गर्न सकेको थिएन ।
दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिनाले रसिया विश्वकपमा छनोट हुनका लागि अन्तिम खेल सम्म कुर्नुपरेको थियो । इक्वेडरविरुद्धको उक्त खेलमा कप्तान मेस्सीले ह्याट्रिक पुरा गरेपछि अर्जेन्टिना विश्वकपलाई छनोट हुन सफल भएको थियो । विश्वकप छनोट र मैत्रीपूर्ण खेलमा मध्यम खेल खेलेको अर्जेन्टिनाले अघिल्लो चरण प्रवेशका लागि राम्रो फुटबल खेल्नुपर्ने हुन्छ ।
अर्जेन्टिनाको लागि पहिलो खेल नै बाधक हुन सक्छ । अर्जेन्टिनाको प्रतिद्धन्द्धी आइसल्याण्डले पछिल्लो दुई वर्षमा गज्जवको फुटबल खेल्दै विश्वको ध्यान नै खिच्न सफल भएको छ । विश्वकप खेल्ने सानो राष्ट्र बनेको आइसल्याण्ड ठुला टिमलाई चुनौती दिन सक्ने टोलीको रुपमा उभिएको छ । दुई वर्षअघि युरोकपमा इंग्ल्याण्डलाई हराएर सनसनी मच्चाएको आइसल्याण्ड विश्वकपको पहिलो खेलमा उपाधिको दाबेदार अर्जेन्टिनालाई स्तब्ध पार्दै अघि बढ्ने लक्ष्यमा हुनेछ ।
स्टार खेलाडीहरु नभएपनि आइसल्याण्डसँग टिमवर्क र बलियो एकता छ । आइसल्यान्डको टिममा गिल्फी सिगुडर्सन सबैभन्दा नाम चलेका ठूला स्टार हुन् । तर, अर्जेन्टिनाविरुद्धको खेल आइसल्याण्डलाई सहज हुनेछैन । किनभने अर्जेन्टिनासँग विश्वस्तरका प्रभावशाली खेलाडीहरूको जमघट छ । तर, अर्जेन्टिनालाई आइसल्याण्डविरुद्धको खेलमा गोलरक्षक टाउको दुखाईको विषय बन्न सक्छ । नियमित गोलरक्षक सर्जियो रोमेरो चोटका कारण टोली बाहिर छन् ।
सुरुवाति ११
अर्जेन्टिना – काबालेरो; फाजियो, रोहो, टागलियाफिको, ओटामेन्डी; मासेरानो, बिग्लिया, डि मारिया, मेजा, मेस्सी; अगुएरो
आइसल्यान्ड – हालडोर्सन; माग्नुसन, रागनार सिगर्डसन, आर्नासन, सेभरसन, जार्नासन, गुनरसन, सिगर्डसन, गुडमुनसन, हालफ्रेडसन, फिन्बोगासोन
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले अनन्त तामाङलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ। राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य समेत रहेका डिफेन्डर अनन्तकै कप्तानीमा ललितपुरले एनएसएलको दोस्रो संस्करण जितेको थियो। सामाजिक सन्जालमार्फत ललितपुरले शुक्रवार अनन्तलाई निरन्तरता दिएको जनाएको छ। तेस्रो सिजनका लागि मार्कीमा निरन्तरता पाउने अनन्त मात्र खेलाडी हुन्। […]
February 21, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनलमा मिलन राईको २ गोलमा भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २- १ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि भुटानका पुष्पलाल तेन्द्रेल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । बुटवल लुम्बिनीले प्रेस विज्ञप्ति जारी गर्दै शर्मालाई प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी दिएको हो । पछिल्लो केही वर्षयता भुटानको पारो एफसीको सफलतामा महत्वपुर्ण योगदान दिएका उनी नेपाली फुटबलमा पनि परिचित छन् […]