default_image

6 years ago

June 16, 2018

फ्रान्स अष्ट्रेलियाविरुद्ध विजयी, पोग्बाको निर्णायक गोल

49 views

0 Bookmark

कजान (एजेन्सी) – विश्वकप समूह ‘सी’को पहिलो खेलमा दाबेदारका रुपमा हेरिएको फ्रान्सले अष्ट्रेलियालाई २-१ ले हराएको छ । फ्रान्सको जितमा पल पोग्बाले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफलाई गोलहरुले रोमाञ्च थपे । एन्टोइन ग्रिजम्यानमाथि गरिएको फललाई ५८ औं मिनेटमा पेनाल्टी दिइएको थियो । सो निर्णयमा भर्चुअल असिस्टेन्ट रेफ्री (भिएआर) को प्रयोग गरिएको थियो । आफैले जितेको पेनाल्टीमा ग्रिजम्यानले गोल परिणत गर्दै फ्रान्सलाई अग्रता दिलाए ।

तर त्यसको ५ मिनेट नबित्दै सामुयल उम्टिटीको ह्यान्ड बलमा अष्ट्रेलियाले पेनाल्टी पायो र कप्तान मिले जेडिनामले सो परिणत गर्दै खेल बराबर पारे । यसैगरी खेलको ८० औं मिनेटमा पल पोग्बाले प्रहार गरेको बल क्रसबारमा लाग्दै गोल-लाइन भित्र पसेर बाहिर निस्किंदा फेरी भिएआरको प्रयोग गरिंदै गोल दिइएको थियो ।

यस जितसंगै समूह ‘सी’मा फ्रान्सले ३ अंक बटुल्न सफल भएको छ । अब केही बेरमा अर्जेन्टिना र आइसल्यान्ड मैदानमा उत्रिनेछन् भने समूह ‘सी’ को दोस्रो खेल पेरु र डेनमार्क बीचको खेल ९.४५ बजे सुरु हुने छ ।

September 20, 2024

एपिएफको जितमा रश्मिको ५ गोल

काठमाडौं(हाम्रो खेलकुद) – रश्मि कुमारी घिसिङले ५ गोल गरेको खेलमा विभागीय टोली एपिएफ क्लब अपराजित रहदै शीर्ष स्थानमा कायमै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८-० को फराकिलो जित निकाल्यो । एपिएफको जितमा रश्मिका अलवा अनिता बस्नेतले २ तथा अनिता केसीले १ गोल गरिन् । एपिएफका लागि पाँचौं मिनेटमा […]

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

Success

Thank you for your time.