default_image

6 years ago

June 16, 2018

फ्रान्स र अस्ट्रेलियाबीचको पहिलो हाफ गोलरहित

42 views

0 Bookmark

काजान (एजेन्सी)– पूर्व विजेता फ्रान्स र अस्ट्रेलियाबीच विश्व कपको समूह चरणको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । तुलनात्मक रुपमा बलियो मानिएको फ्रान्सले अग्रता लिने अनुमान गरिएको पनि गोल हुन सकेको छैन । समूह सीमा आजै अर्को खेलमा पेरु र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।


यो विश्वकपमा फ्रान्सलाई पनि दाबेदारका रुपमा हेरिएको छ । फ्रान्सेली टोली युवा रहे पनि टोली आफ्नो गतिका लागि चिनिन्छ । युरोकपको फाइनलमा आश्चर्यजनक तरिकाले हार खेपेको फ्रान्स यस विश्वकपमा भने त्यो सम्झना भुलाउंदै आफ्नो दाबेदारी प्रस्तुत गर्न चाहन्छ ।

तर, पहिलो हाफ सोचे अनुरुपको हुन सकेको छैन । फ्रान्सको एन्टोइन ग्रिजम्यान, किलियन एम्बाप्पे र ओलिभर जिरु सम्मिलित अग्रपंक्तिले अष्ट्रेलियाको रक्षापक्तिलाई पहिलो हाफमा तोड्न सकेन ।

September 20, 2024

एपिएफको जितमा रश्मिको ५ गोल

काठमाडौं(हाम्रो खेलकुद) – रश्मि कुमारी घिसिङले ५ गोल गरेको खेलमा विभागीय टोली एपिएफ क्लब अपराजित रहदै शीर्ष स्थानमा कायमै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८-० को फराकिलो जित निकाल्यो । एपिएफको जितमा रश्मिका अलवा अनिता बस्नेतले २ तथा अनिता केसीले १ गोल गरिन् । एपिएफका लागि पाँचौं मिनेटमा […]

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

Success

Thank you for your time.