7 years ago
June 16, 2018
सोची (एजेन्सी)– पहिलो खेलमा स्पेनसँग ३–३ को बराबरी खेलेपछि क्रिस्टियानो रोनाल्डोले पोर्चुगल नकआउट चरणमा पुग्ने विश्वास व्यक्त गरेका छन् । सोचीमा भएको समूह ‘बी’को खेलमा रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले स्पेनलाई बराबरीमा रोकेको थियो ।
खेलको ८८ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै ३३ बर्ष १ सय ३० दिनका रोनाल्डो विश्व कपमा ह्याट्रिक गर्ने सबैभन्दा पाको खेलाडी पनि बनेका छन् । खेल जीवनमा रोनाल्डोको त्यो ५१ औं ह्याट्रिक थियो । भाग लिएका चारै विश्व कपमा गोल गर्ने चौथो खेलाडी बनेका रोनाल्डो ठूला ८ अन्तर्राष्ट्रियामा गोल गर्ने पहिलो खेलाडी बन्न सफल भएका छन् ।
पोर्चुगल र स्पेनले बराबरी खेल्नुअघि समूह बीको पहिलो खेलमा इरानले मोरोक्कोलाई १–० ले हराएको थियो । पहिलो चरणको खेल सकिदा इरान शीर्षस्थानमा रहेपनि रोनाल्डो आफ्नो टोली अघिल्लो चरण पुग्नेमा विश्वस्त देखिएका छन् । ‘अब हामीले अर्को खेलतर्फ केन्द्रित हुनुपर्दछ । हाम्रो एउटै लक्ष्य भनेको जित्नु हो,’ पोर्चुगलका कप्तानले भने, ‘एक पछि अर्को खेलमा अनकुल नतिजा निकाल्दै समूह चरणबाट अघि बढ्नु हाम्रो योजना हो ।’
उनले पोर्चुगल दाबेदारी नभएको स्वीकार गर्दै भने, ‘हामी दाबेदार होइनौं । तर हामीले बुधबार मोरोक्कोविरुद्ध हुने खेलमा उच्च प्रदर्शनको प्रयास गर्नेछौं । मलाई लाग्छ हाम्रो टोलीले राम्रो खेल्यो । बाँकी खेलमा पनि राम्रो प्रदर्शन गर्नेछ ।’ खेलमा खेलको धेरै समय स्पेनले नियन्त्रणा राखेको थियो । डिएगो कोस्टाले पछि परेको खेलमा स्पेनलाई दुई पटक सम्म बराबरी गरेका थिए भने नाचोको गोलमा स्पेनले अग्रता पनि बनाएको थियो । तर, अन्तिम समयमा रोनाल्डो फ्रिकिकमा गोल गरेपनि स्पेन जितबाट बिमुख भएको थियो ।
‘म खुसी छु । मलाई आफुप्रति सधै विश्वास छ,’ रियल म्याड्रिडका फरवार्डले भने, ‘मेरो खेल जीवनमा अर्को एउटा ह्याट्रिक भएको छ । तर महत्वपूर्ण विषय भनेको हाम्रो टोलीले राम्रो प्रदर्शन गर्यो खेलमा बराबरी गर्न सफल भयो ।’ स्पेनलाई दाबेदारका रुपमा हेरेका रोनाल्डो भने , ‘हामीले दाबेदार टोलविरुद्ध खेल्यौं । त्यो टोली विश्व कप जित्न चाहन्छ । र हामीले त्यस्तो टोलीर्ला खेलका दौरान दुई पटक जित्यौं ।’
पहिलो हाफमा पोर्चुगलले २–१ को अग्रता लिएको थियो । हामीले लगभग ३ अंक जोडिसकेका थियौं । तर बराबरी गर्न सफल भयौं । अन्तत खेल बराबरी गर्न सकेकोमा हामी खुसी छौं , उनले थपे, हामीले टोलीले कस्तो संघर्ष गर्यो त्यो मुल्याङ्कन गर्नुपर्दछ । खेल निकै प्रतिस्पर्धात्मक थियो ।
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले अनन्त तामाङलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ। राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य समेत रहेका डिफेन्डर अनन्तकै कप्तानीमा ललितपुरले एनएसएलको दोस्रो संस्करण जितेको थियो। सामाजिक सन्जालमार्फत ललितपुरले शुक्रवार अनन्तलाई निरन्तरता दिएको जनाएको छ। तेस्रो सिजनका लागि मार्कीमा निरन्तरता पाउने अनन्त मात्र खेलाडी हुन्। […]
February 21, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनलमा मिलन राईको २ गोलमा भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २- १ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि भुटानका पुष्पलाल तेन्द्रेल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । बुटवल लुम्बिनीले प्रेस विज्ञप्ति जारी गर्दै शर्मालाई प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी दिएको हो । पछिल्लो केही वर्षयता भुटानको पारो एफसीको सफलतामा महत्वपुर्ण योगदान दिएका उनी नेपाली फुटबलमा पनि परिचित छन् […]