7 years ago
June 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप समूह ‘डि’ को दोस्रो तथा आजको अन्तिम खेलमा युरोपेली राष्ट्र क्रोएसिया अफ्रिकी राष्ट्र नाइजेरियाको सामना गर्दै छ ।
क्रोएसियामा रियल म्याड्रिडका लुका मोड्रिच, बार्सिलोनाका इभान राकिटिच जस्ता विश्व स्तरीय नामहरु रहेका छन् । अग्रपंक्तिमा पनि मारियो मान्डजुकिच छन् भने उसको डिफेन्स बलियो र अनुभवी रहेको छ । ठूलो प्रतियोगितामा आफ्नो क्षमता अनुसार प्रदर्शन नगरेको क्रोएसियाले आलोचना खेप्दै आएको छ । यस विश्वकपमा भने क्रोएसिया सो तथ्यलाई बदल्न चाहन्छ ।
नाइजेरियाको टोलीमा पनि युरोपको शीर्ष क्लबमा खेलिरहेका नामहरु छन् । भिक्टर मोजेज चेल्सीका लागि खेल्छन् भने एलेक्स इवोबी आर्सनलका लागि । त्यस्तै पूर्व चेल्सीका खेलाडी जोन ओबि मिकेलको भुमिका पनि मिडफिल्डमा महत्त्वपूर्ण रहेको छ । समूह ‘डी’ लाई ‘ग्रुप अफ डेथ’ मानिएकाले दुवै टोली ३ अंकसहित आफ्नो विश्वकप अभियान सुरु गर्न चाहन्छन् ।
प्रत्यक्ष प्रसारण
नेपाल टेलिभिजन, कान्तिपुर, एक्सन स्पोर्ट्स, सोनी टेन २
समय
यस खेल नेपाली समय अनुसार रातिको १२.४५ बजे सुरु हुने छ ।
हेर्नलायक खेलाडी
लुका मोड्रिच (क्रोएसिया)
भिक्टर मोजेज (नाइजेरिया)
अनुमान
क्रोएसिया २-१ नाइजेरिया
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले अनन्त तामाङलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ। राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य समेत रहेका डिफेन्डर अनन्तकै कप्तानीमा ललितपुरले एनएसएलको दोस्रो संस्करण जितेको थियो। सामाजिक सन्जालमार्फत ललितपुरले शुक्रवार अनन्तलाई निरन्तरता दिएको जनाएको छ। तेस्रो सिजनका लागि मार्कीमा निरन्तरता पाउने अनन्त मात्र खेलाडी हुन्। […]
February 21, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनलमा मिलन राईको २ गोलमा भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २- १ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि भुटानका पुष्पलाल तेन्द्रेल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । बुटवल लुम्बिनीले प्रेस विज्ञप्ति जारी गर्दै शर्मालाई प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी दिएको हो । पछिल्लो केही वर्षयता भुटानको पारो एफसीको सफलतामा महत्वपुर्ण योगदान दिएका उनी नेपाली फुटबलमा पनि परिचित छन् […]