7 years ago
June 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप समूह ‘सी’ को दोस्रो खेल तथा आजको तेस्रो खेलमा दक्षिण अमेरिकी राष्ट्र पेरु र युरोपेली राष्ट्र डेनमार्क भिड्दै छन् ।
रक्षापंक्ति निकै बलियो रहेको डेनमार्कको गोलको मुख्य श्रोत क्रिस्टियन एरिक्सन रहेका छन् । छनोट चरणमा उनले ११ गोल पनि गरेका थिए । अर्को तर्फ, पेरु आफ्नो आक्रामक खेलका लागि चिनिन्छ र उसको कप्तान पाउलो गुरेरोको प्रतिबन्ध फुकुवा भएका कारण पेरुको मनोबल पनि उच्च रहेको छ । समूह ‘सी’ मा उपविजेता रहनका लागि यो खेल महत्त्वपूर्ण मानिएको छ ।
प्रत्यक्ष प्रसारण
नेपाल टेलिभिजन, कान्तिपुर, एक्सन स्पोर्ट्स, सोनी टेन २
समय
यस खेल नेपाली समय अनुसार रातिको ९.४५ बजे सुरु हुने छ ।
हेर्नलायक खेलाडी
पाउलो गुरेरो (पेरु)
क्रिस्टियन एरिक्सन (डेनमार्क)
अनुमान
पेरु १-१ डेनमार्क
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले अनन्त तामाङलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ। राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य समेत रहेका डिफेन्डर अनन्तकै कप्तानीमा ललितपुरले एनएसएलको दोस्रो संस्करण जितेको थियो। सामाजिक सन्जालमार्फत ललितपुरले शुक्रवार अनन्तलाई निरन्तरता दिएको जनाएको छ। तेस्रो सिजनका लागि मार्कीमा निरन्तरता पाउने अनन्त मात्र खेलाडी हुन्। […]
February 21, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनलमा मिलन राईको २ गोलमा भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २- १ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि भुटानका पुष्पलाल तेन्द्रेल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । बुटवल लुम्बिनीले प्रेस विज्ञप्ति जारी गर्दै शर्मालाई प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी दिएको हो । पछिल्लो केही वर्षयता भुटानको पारो एफसीको सफलतामा महत्वपुर्ण योगदान दिएका उनी नेपाली फुटबलमा पनि परिचित छन् […]