7 years ago
June 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप समूह ‘सी’ को तथा आज शनिबारको पहिलो खेलमा युरोपको बलियो राष्ट्र फ्रान्स र अष्ट्रेलिया भिड्दै छन् ।
यस विश्वकपमा फ्रान्सलाई दाबेदारका रुपमा हेरिएको छ । फ्रान्सेली टोली युवा रहे पनि ऊ आफ्नो गतिका लागि चिनिन्छ । युरोकपको फाइनलमा आश्चर्यजनक तरिकाले हार खेपेको फ्रान्स यस विश्वकपमा भने सो सम्झना भुलाउंदै आफ्नो दाबेदारी पहिलो खेलमै प्रस्तुत गर्न चाहन्छ ।
अर्को तर्फ, अष्ट्रेलिया तुलनात्मक रुपमा कमजोर रहेको टोली हो । प्ले-अफबाट छनोट भएको अष्ट्रेलियन टोलीमा युवा र अनुभवी खेलाडीहरुको सम्मिश्रण रहेको छ । तर, फ्रान्सको एन्टोइन ग्रिजम्यान, किलियन एम्बाप्पे र ओलिभर जिरु सम्मिलित अग्रपंक्तिलाई रोक्न भने अष्ट्रेलियालाई निकै कठिन हुने छ ।
सम्भावित सुरुवाती ११
फ्रान्स – लोरिस; पाभार्ड, उम्टिटी, भरान, लुकास; पोग्बा, कान्टे, माटुइडी; जिरु, ग्रिजम्यान, एम्बाप्पे
अष्ट्रेलिया – रायन; बेहिच, मिलिगान, सेन्सबरी, रिस्डोन; जेडिनाक, मोय, लेकी, रोजिच, क्रुस; नबोट
प्रत्यक्ष प्रसारण
नेपाल टेलिभिजन, कान्तिपुर, एक्सन स्पोर्ट्स, सोनी टेन २
समय
खेल नेपाली समय अनुसार बेलुकाको ३.४५ बजे सुरु हुने छ ।
हेर्नलायक खेलाडी
एन्टोइन ग्रिजम्यान (फ्रान्स)
म्याथ्यु लेकी (अष्ट्रेलिया)
अनुमान
फ्रान्स ३-० अष्ट्रेलिया
तपाईंको यस खेलमा अनुमान के रहेको छ?
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले अनन्त तामाङलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ। राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य समेत रहेका डिफेन्डर अनन्तकै कप्तानीमा ललितपुरले एनएसएलको दोस्रो संस्करण जितेको थियो। सामाजिक सन्जालमार्फत ललितपुरले शुक्रवार अनन्तलाई निरन्तरता दिएको जनाएको छ। तेस्रो सिजनका लागि मार्कीमा निरन्तरता पाउने अनन्त मात्र खेलाडी हुन्। […]
February 21, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनलमा मिलन राईको २ गोलमा भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २- १ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि भुटानका पुष्पलाल तेन्द्रेल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । बुटवल लुम्बिनीले प्रेस विज्ञप्ति जारी गर्दै शर्मालाई प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी दिएको हो । पछिल्लो केही वर्षयता भुटानको पारो एफसीको सफलतामा महत्वपुर्ण योगदान दिएका उनी नेपाली फुटबलमा पनि परिचित छन् […]