default_image

6 years ago

June 16, 2018

आज शनिबारका विश्वकप खेल र समय

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – समूह ‘ए’ र ‘बि’का खेलहरु पश्चात आज समूह ‘सी’ र ‘डि’ का खेलहरु खेलिंदै छन् ।

उद्घाटन खेलमा रुसले साउदी अरेबियालाई ५-० ले पराजित गर्‍यो भने हिजो खेलिएको समूह ‘ए’ को खेलमा उरुग्वेले इजिप्टलाई १-० ले हराउन सफल रह्यो ।

त्यस्तै इरानले मरोक्कोलाई १-० ले हराउंदै महत्त्वपूर्ण ३ अंक हांसिल गरेको छ भने हिजो राति खेलिएको पोर्चुगल विरुद्ध स्पेनको रोमाञ्चक खेलमा यी दुई टोली ३-३ को स्कोरमा रोकिए जहां क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गर्न सफल भए ।

आज विश्वकपका ४ खेल खेलिंदै छन् । ती खेल यी रहेका छन् :

पहिलो खेल – फ्रान्स विरुद्ध अष्ट्रेलिया – ३.४५ बजे

दोस्रो खेल – अर्जेन्टिना विरुद्ध अैसल्यान्ड – ६.४५ बजे

तेस्रो खेल – पेरु विरुद्ध डेनमार्क – ९.४५ बजे

चौथो खेल – क्रोएसिया विरुद्ध नाइजेरिया – १२.४५ बजे

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.