7 years ago
June 16, 2018
सोची (एजेन्सी)– स्पेन र पोर्चुगलले विश्व कपको पहिलो खेलमा बराबरी खेलेका छन् । समूह बीको दोस्रो खेलमा स्पेन र पोर्चुगललाई ३–३ ले बराबरी खेल्दै अंक बाडेका छन् । खेलमा पोर्चुगलले २ पटक र स्पेनले १ पटक अग्रता लिएको थियो ।
पहिलो हाफमा २–१ ले पछि परेको स्पेनले दोस्रो हाफमा ४ मिनेटको फरकमा २ गोल गर्दै खेलमा अग्रता बनाएको थियो । तर, ८८ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे भने स्पेनका लागि डिएगो कोस्टाले समान २ र अर्को गोल नाचोले गरे ।
यस पटकको विश्व कपमा प्रतिक्षा गरिएको मध्ये एक खेलको चौथोे मिनेटमै रोनाल्डोको पेनाल्टी गोलमा पोर्चुगलले अग्रता लिएको थियो । नाचोले पेनाल्टी बक्समा आफैलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले विना कुनै गल्ति गोल गरेका थिए । उनको प्रहार रोक्ने क्रममा स्पेनका गोलकिपर डेभिड डि जियाको कमजोरी देखिएको थियो । आफ्नो नियन्त्रणमा आउने सक्ने बललाई उनले हल्का ढंगले लिएपछि बलले जाली चुमेको थियो ।
तर, २४ औं मिनेटमा कोस्टाले पोर्चुगलका रक्षापक्तिलाई तोड्दै बराबरी गोल गरेका थिए । बराबरी उन्मुख पहिलो हाफ सकिन १ मिनेट बाँकी रहँदा रोनाल्डोले अर्को गोल थपेपछि खेल रोमाञ्चक बनेको थियो । ५४ औं मिनेटमा स्पेनका कोस्टाले बराबरी गोल गरे । कोस्टाले नजिकबाट गोल गरेका थिए । ५८ औं मिनेटमा नाचोले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, निर्धारित समयमा २ मिनेट बाँकी हरँदा रोनाल्डोले फ्रिकिकमा बराबरी गोल गरे भने व्यक्तिगत रुपमा ह्याट्रिक पुरा गरे ।
चौथो विश्व कपमा सहभागिता जनाइरहेका रोनाल्डो आजको गोलपछि भाग लिएका सबै विश्व कपमा गोल गर्ने चौथो खेलाडी बनेका छन् । यसअघि आजै भएको समूह ‘बी’को अर्को खेलमा इरानले मोरोक्कोलाई १–० ले हराएको थियो । समूहको पहिलो चरणको खेल सकिदा इरानको ३, स्पेन र पोर्चुगलको समान १ अंक छ । समूहको अर्को टोली मोरोक्को विना अंक रहेको छ ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]