7 years ago
June 16, 2018
सोची (एजेन्सी)–पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले विश्वकप अन्र्तगत स्पेनविरुद्धको खेलमा गोल गरेसँगै नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएको छन् । फिस्ट स्टेडियम सोचीमा भएको खेलमा रोनाल्डोले स्पेनविरुद्ध २ गोल गर्दै ठूला प्रतियोगिताको आठ संस्करणमा गोल गर्ने खेलाडी बनेका हुन् ।
रोनाल्डाले खेलेका युरो कपको चार संस्करण र विश्वकपको चारै संस्करणमा गोल सफल भएका हुन् । त्यस्तै रोनाल्डो विश्वकपको चारै संस्करणमा गोल गर्ने चौथो खेलाडी बनेका छन् । यसअघि युवे सिलेर, ब्रािजलका पेले र जर्मनीका मिरोस्लाभ क्लोजले चार संस्करणमा गोल गर्न सफल भएका थिए ।
२००४ को युरो कप पहिलो पटक खेलेका रोनाल्डोले त्यसपछि तीन संस्करण २००८, २०१२ र २०१६ मा गोल गरेका थिए । त्यस्तैे २००६, २०१०, २०१४ को विश्व कपमा गोल गरेका रोनाल्डोले यसपटक पहिलो खेलमै गोल गरेका छन् ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]