7 years ago
June 15, 2018
सेन्ट पिटरबर्ग (एजेन्सी)– एसियाली मुलुक इरानले रसियामा जारी विश्व कपमा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको दोस्रो खेलमा मोरक्कोलाई १–० लाई हराउँदै इरानले सुखद सुरुवात गरेको हो । पोर्चुगल र स्पेन समेत रहेको समूह ‘बी’मा इरानका लागि यो जित महत्वपूर्ण हुन सक्दछ ।
प्रतिस्पर्धात्मक खेलमा इरानको जित भने आत्मघाती गोलमा सम्भव भएको थियो । ६० हजार भन्दा बढी दर्शक रहेको खेलमा इन्जुरी समयमा अजिज बौहाडोजको आत्मघाती गोलमा इरानले जित हासिल गरेको हो ।
६ मिनेट इन्जुरी समयको एक मिनेट बाँकी रहँदा फ्रिकिकमा आएको बल रोक्ने क्रममा बोहाडोजले हेड गर्दा आफ्नै पोष्टमा गोल भएको थियो । समूहको अर्को खेल स्पेन र पोर्चुगलबीच केहि समयमा सुरु हुनेछ । त्यसअघि भएको समूह ‘ए’को खेलमा उरुग्वेले इजिप्टलाई १–० ले हराएको थियो ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]