default_image

7 years ago

June 15, 2018

गिमिनेजको गोलमा उरुग्वे विजयी

90 views

0 Bookmark

मस्को (एजेन्सी) – समूह ‘ए’ को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १-० ले पराजित गरेको छ ।

उरुग्वेको जितमा डिफेन्डर जोसे गिमिनेजले गोल गरे । खेलभरी निकै रक्षात्मक खेल पस्केको इजिप्ट इन्जुरी समयको पहिलो मिनेटमा गोल खान पुग्यो । कार्लोस सान्चेजको फ्रिकिकमा गिमिनेजले गोल गरेका हुन् ।

इजिप्टका लागि उसका गोलकिपर एल-सेनावीले शानदार प्रदर्शन गरेका थिए । उनले खेलको दोस्रो हाफमा लुइस स्वारेज र एडिन्सन काभानीका दुई राम्रो प्रहारको शानदार बचाऊ गरेका थिए । इजिप्टका लागि उनका चोटिल रहेका फरवार्ड मोहम्मद सलाह भने खेलमा सहभागी थिएनन् ।

यस जितसंगै उरुग्वेले समूह ‘ए’मा ३ अंक जोड्न सफल भएको छ । हिजो रुसले साउदी अरेबियालाई ५-० ले हराएकाले उरुग्वे गोलअन्तरको आधारमा दोस्रोमा रहेको छ ।

 

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.