default_image

6 years ago

June 15, 2018

थ्री स्टार सुदूरसँग रोकियो

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब राजधानीमा जारी ललित स्मृति यु– १८ फुटबल प्रतियोगितामा सुदूरपश्चिम फुटबल क्लबसँग बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफमा शुक्रबार भएको खेलमा थ्री स्टार सुदूरसँग गोलरहित बराबरीमा रोकिएको हो ।

दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकियो । बराबरीसँगै थ्री स्टारको चार अंक भएको छ भने सुदूरले पहिलो अंक जोडेको छ । थ्री स्टारले आफ्नो पहिलो खेलमा मनाङलाई १–० ले पराजित गरेको थियो । सुदूर पहिलो खेलमा फ्रेण्डस् क्लबसँग १–० ले नै पराजित भएको थियो ।

शुक्रबारै भएको हिमालयन शेर्पा र फ्रेण्डस् क्लबबीचको पहिलो खेल पनि गोलरहित बराबरीमै सकिएको थियो । बराबरीसँगै दुवै टोलीले अंक बाडेका छन् । बराबरीसँगै दुई खेलबाट फ्रेण्डस्को ४ अंक भएको छ । हिमालयन शेर्पा एक खेलबाट एक अंक जोड्न सफल भयो ।

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.