default_image

7 years ago

June 14, 2018

मेयर कप फुटबल उपाधिका लागि वडा नम्बर १ र २ भिड्ने

51 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद) –सिमरामा जारी जीतपुरसिमरा उपमहानगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नं. १ र वडा नं. २ भिड्ने भएका छन् । सिमरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाईलन खेलमा जीत हात पार्दै वडा नं. २ ले वडा नं. १ संगको उपाधी भिडन्त पक्का गरेको हो । वडा नं. १२ लाई पराजित गर्दै वडा नं. १ यसअघि नै प्रतियोगिताको अन्तिम दुईमा प्रवेश गरिसकेको छ ।

दोस्रो सेमिफाईनल खेलमा वडा नं. २ ले वडा नं. ५ लाई टाईब्रेकरमा ४–२ ले पराजित गरेको छ । निर्धारित समयमा दुबै टिमले १–१ को बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । प्रतियोगिताकै बलियो टोलि मानिएको वडा नं. ५ लाई टाईब्रेकरमा पराजित गर्ने क्रममा वडा नं. २ का लागि सुशान्त लामा, प्रकाश श्रेष्ठ, अभय लामा र उमेश श्रेष्ठले गोल गरे ।

वडा नं. ५ का लागि श्रीराम चौधरी र कृपा चौधरीको प्रहारले मात्र जाली चुम्यो । वडा नं. ५ का अस्मीत चौधरीको प्रहार पोष्टमा ठोक्किदा रामएकवाल चौधरीको प्रहार बाहिरिएको थियो । यसअघि निर्धारित ७० मिनेटको खेलमा वडा नं. २ ले अग्रता लिएको थियो । खेलको १७औं मिनेटमा बिवश गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । बलियो टोली वडा नं. ५ विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको वडा नं. २ ले केही अवसर गुमाउन पुग्दा जीतका लागि टाईब्रेकरसम्म संघर्ष गर्नुप¥यो ।

प्रतियोगिता अवधीभर उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाईनल प्रवेश गरेको वडा नं. ५ दवावमा देखियो । पहिलो हाफमा खासै अवसर सिर्जना गर्न नसकेको वडा नं. ५ ले दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्दै केही अवसर बनाएपनि फिनिसिङमा चुक्न पुगेको थियो । अन्तिम समयसम्म संघर्ष गरेको वडा नं. ५ ले ईन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो ।

निर्धारित समय सकिएपछि थपिएको चार मिनेट ईन्जुरी समयको अन्तिममा वडा नं. ५ का लागि सुजित चौधरीले गोल गरेका थिए । सुजितको प्रहार रोक्न वडा नं. २ का गोलरक्षक असफल देखिए । सुजित खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई वडा नं. २ का अध्यक्ष तिलक श्रेष्ठ, कार्यपालिका सदस्य शोभा कार्कीलगायतले ट्रफि वितरण गरेका थिए । फाईलन प्रवेश गरेको वडा नं. २ ले अब उपाधीका लागि असार २ गते वडा नं. १ संग प्रतिस्पर्धा गर्नेछ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछ । जेष्ठ १७ गतेदेखि सुरु भएको प्रतियोगितामा उपमहानगरको २४ वटा वडाको सहभागिता रहेको थियो । यसैगरी फाईलन अघि सिमरा रंगशालामा शुक्रवार दुई मैत्रीपूर्ण फूटवल खेल हुने भएका छन् । पहिलो मैत्रीपूर्ण खेल पत्रकार र मेयर कप फुटबल आयोजक सामुदायिक विकासशील क्लबबीच हुनेछ भने दोस्रो सेमिफाईनल खेलमा उपमहानगरको जनप्रतिनिधि र कर्मचारी भिड्नेछन् ।

February 20, 2025

आयोजक एपिएफ स्कुल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’ले दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सल्लाघारीको सैनिक आवासीय महाविद्यालयलाई बिहीवार ५-० ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।सैनिकका इसान तामाङ प्लेयर अफ दि म्याच घोषित भए। विजेता टोलीले ६० हजार रुपैयाँसहित रनिङ्ग ट्रफी प्राप्त गर्यो । दोस्रो सैनिक […]

February 20, 2025

झापा ११ भद्रपुर झापा गोल्डकपको अन्तिम आठमा

हिमाल खरेल,भद्रपुर झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १-० ले पराजित गर्दै झापा ११ अन्तिम आठमा पुगेको हो । झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको […]

February 20, 2025

नेपाल‌ र म्यानमार एक खेल अगावै फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्। नेपाल‌ र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनल मा एकअर्कासँगको भेट पक्का गरेका छन् । नेपालले बिहीवार लेबनानलाई १-० ले हराएपछि म्यानमारसँगै नेपाल फाइनल पुगेको हो। आजै पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराएको थियो। […]

Success

Thank you for your time.