default_image

6 years ago

June 15, 2018

स्पेन विरुद्ध पोर्चुगल – हेर्नलायक दुई खेलाडी

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आज राति ११.४५ बजे विश्वकप समूह ‘बि’ अन्तर्गत युरोपका दुई बलिया राष्ट्र स्पेन र पोर्चुगल भिड्दै छन् । आजका खेलमा हेर्नलायक दुई खेलाडी यी रहेका छन्:

इस्को (स्पेन)

इस्को आफ्नो पास गर्ने शैली, गोल गर्ने कला र बलमा नियन्त्रणका लागि परिचित छन् । एक अग्रपंक्तिमा खेल्ने खेलाडीमा हुनु पर्ने सबै गुण उनीमा छ भन्ने कुरामा दुई मत छैन । उनी स्पेनिस टोली खेल्ने शैली र प्रणालीका मूल पात्रका रुपमा उदाएका छन् । रियलले लगातार ३ पटक च्याम्पियन्स लिगको उपाधि जित्दाको इस्को महत्त्वपूर्ण सदस्य हुन् ।

रोनाल्डो (पोर्चुगल)

आशा नगरिए पनि पोर्चुगलले युरोकप २०१६ जितेको थियो । यस विश्वकपमा पनि पोर्चुगललाई बलियो टोलीका रुपमा हेरिएको छैन । तर, विश्वका उत्कृष्ट खेलाडीका रुपमा चिनिने क्रिस्टियानो रोनाल्डो एक्लै आफ्नो टोलीलाई अगाडी बढाउन पनि सक्षम रहेका छन् । इस्कोसंगै लगातार ३ पटक च्याम्पियन्स लिग जितेका रोनाल्डोको यस सिजन सुरुवात राम्रो नभए पनि कुल ४५ खेलमा ४८ गोल गर्दै सिजनको आकर्षक अन्त्य गरे ।

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

Success

Thank you for your time.