7 years ago
June 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – समूह ‘बि’ मा आज खेलिने दोस्रो खेल तथा आजको अन्तिम खेलमा युरोपका दुई बलिया राष्ट्र स्पेन र पोर्चुगल भिड्दै छन् ।
युरोकप २०१६ को च्याम्पियन रहेको पोर्चुगल आफ्नो सो लयलाई अर्को ठूलो प्रतियोगितामा निरन्तरता दिन चाहन्छ । अर्को तर्फ दुई दिन अघि आफ्नो प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेको स्पेनबाट के अपेक्षा गर्ने अन्योल रहेको छ ।
स्पेनले छनोट चरणमा निकै प्रभावशाली प्रदर्शन देखाउन सफल भएको थियो । मार्चमा खेलिएको मैत्रीपूर्ण खेलमा स्पेनले अर्जेन्टिनालाई ६-१ ले हराउंदै विश्वकपका लागि आफ्नो दाबेदारी स्पष्ट पारेको थियो । त्यस्तै च्याम्पियन्स लिग जितेका क्रिस्टियानो रोनाल्डो पोर्चुगलका लागि मुख्य खेलाडी हुन् । उनी हालै खेलिएको मैत्रीपूर्ण खेलमा लयमा पनि देखिएका थिए र उनको मनोबल पनि अवश्य उच्च रहेको छ ।
सम्भावित सुरुवाती ११
स्पेन – डे गेया; ओड्रिओजोला, रामोस, पिके, अल्बा; बुस्केट्स, थियागो, इनिएस्टा; इस्को, सिल्भा, कोस्टा
पोर्चुगल – प्याट्रिसियो; सेद्रिक, पेपे, फोन्टे, गुरेरो, मोटिन्हो, कार्भाल्हो, फर्नान्डेस, सिल्भा; रोनाल्डो, गुएडेस
प्रत्यक्ष प्रसारण
नेपाल टेलिभिजन, कान्तिपुर, एक्सन स्पोर्ट्स, सोनी टेन २
समय
यस खेल नेपाली समय अनुसार रातिको ११.४५ बजे सुरु हुने छ ।
अनुमान
स्पेन २-१ पोर्चुगल
तपाईंको अनुमानमा यस खेलको नतिजा के रहने छ?
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]