default_image

6 years ago

June 15, 2018

उरुग्वे विरुद्ध इजिप्ट – हेर्नलायक दुई खेलाडी

84 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकपको आज दोस्रो खेलमा दक्षिण अमेरिकी राष्ट्र उरुग्वे र अफ्रिकी राष्ट्र इजिप्ट भिड्दै छन् ।

आज उरुग्वे र इजिप्ट दोस्रो चरण पुग्ने सम्भावना जीवितै राख्न निश्चित जितसहित मैदान उत्रनेछ । स्टार खेलाडीहरुले भरिएको उरुग्वेसँग अग्रपङ्तिमा लुइस स्वारेज, एडिन्सन काभानी र क्रिष्टियन स्टुआनी जस्ता खेलाडीहरु रहेका छन् । मिडफिल्डमा कार्लोस साञ्चेज र रोड्रिगा रहँदा डिफेन्समा कप्तान डिएगो गोडिनलाई म्याक्सी पेरेरा र मारिया गिमनेजले साथ दिनेछ ।

स्टार खेलाडीहरुको साथ रहेको दक्षिण अमेरिकी राष्ट्र उरुग्वे आफ्नो इतिहास ब्युताउने लक्ष्यमा हुनेछ । अग्रपङ्तिमा स्वारेज र काभानी रहँदा विपक्षी डिफेन्डरलाई टाउको दुखाई हुन सक्छ । दुई पटकको विश्वविजेता उरुग्वे सन् २०१० को विश्वकपमा सेमिफाइनलमा पुग्न सफल भएको थियो । त्यसयता २०१४ को विश्वकपमा भने उरुग्वे प्रि–क्वार्टरफाइनलबाटे बाहिरएको थियो ।

यता, २८ वर्षपछि विश्वकपमा फर्किएको इजिप्ट विशवकपको लागि निकै उत्साहित टोली हो । दक्षिण अफ्रिकाबाट रसिया विश्वकपमा छनोट हुने दोस्रो टोली बन्न पुग्दा २८ वर्षपछि विश्वकपको अन्तिम चरणमा स्थान बनाएको इजिप्ट उरुग्वेलाई पराजित गर्दै दोस्रो चरण प्रवेशलाई बलियो बनाउने लक्ष्यमा हुनेछ । हेक्टर कुपरको प्रशिक्षणमा इजिप्टले विश्वकपमा स्थान बनाउन सफल भएको टोली हो ।

सातपटकको अफ्रिकी कप अफ नेसन्सको उपाधि उचालिसकेको इजिप्टका लागि मोहम्मद सलाहले विश्वकप छनोट चरणको ६ खेलमा ५ गोल गरेका २५ वर्षीय सलाह छनोटमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बने । प्रिमियर लिग क्लब चेल्सी र इटालियन क्लब फियोरेन्टिना र रोमाबाट खेलिसकेका सलाहले यस सिजन प्रिमियर लिगको ३६ खेलमा ३२ गोल गरेका सलाहकै भरमा इजिप्ट रहेको छ ।

सलाहको प्रदर्शनले नै इजिप्टको यात्रा कहाँ सम्म पुग्न सक्ने हो त्यो भने हेर्न बाँकी छ । इजिप्टले ५ असारमा घरेलु टोली रसियासँग खेल्दा ६ असारमा उरुग्वेले साउदी अरबसँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा इजिप्टले साउदी अरेयिबासँग खेल्दा उरुग्वेले आयोज रसियाको सामना गर्नेछ ।

यस खेलमा हेर्न लायक दुई खेलाडी यी रहेका छन् :

लुइस स्वारेज (उरुग्वे)

Suarez

स्वारेज बार्सिलोनाका स्ट्राइकर हुन् । स्वारेजले यस सिजन ५१ खेलमा ३४ गोल र १५ असिस्ट गरेका छन् । यद्दपी विश्वकपहरुमा भने उनी आलोचनाका पात्र बनेका छन् । विश्वकप २०१० मा घाना विरुद्ध ह्यान्डबल गरेका स्वारेजले २०१४ मा इटालीका जर्जियो केलिनीलाई टोकेका थिए । स्वारेजले आज आफ्नो प्रदर्शनतिर मात्र ध्यान दिए भने इजिप्टका लागि उनी सबैभन्दा ठूलो खतरा हुने छन् ।

मोहम्मद सलाह (इजिप्ट)

यस सिजन सबैभन्दा लयमा रहेका खेलाडी मध्ये एक हुन् मोहम्मद सलाह । लिभरपुलका लागि पहिलो सिजनमै उनले खेलिएका ५६ खेलमा ४६ गोल गर्दै टोलीलाई च्याम्पियन्स लिग फाइनलसम्म पनि पुर्‍याए । तर सोही खेलमा चोटिल भएपछि उनको विश्वकप अभियान अनिश्चिततामा परेको थियो । हिजो आएको समाचारमा उनी उरुग्वे विरुद्ध पूर्ण फिट बताइएको छ ।

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

Success

Thank you for your time.