default_image

6 years ago

June 14, 2018

एपिएफ लालबन्दी गोल्डकपको फाइनलमा

66 views

0 Bookmark

सर्लाही (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज बिहिवार भएको अन्तिम सेमिफाइनल खेलमा विभागीय टिम एपीएफले ‘ए’ डिभिजन क्लब रुस्लान थ्रीस्टारलाई ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुलिस क्लबसंगको भेट पक्का गरेको छ।

राधाकृष्ण स्थित खेल मैदानमा खेल सुरु भएको ९ मिनेटमै एपीएफका रुप बहादुर लामाले कर्नरबाट आएको बललाई गोलपोस्ट नजिकबाट हेड गरि आफ्नो टिमलाई १-० गोलको अग्रता दिलाउन सफल भए। लगत्तै पुनः एपीएफकै तर्फबाट खेलको १४ मिनेटमा नबिन लामाले डि बक्सभित्र प्राप्त गरेको बललाई सिधै गोल पोस्टको दिशा देखाउदै खेलमा थप अर्को गोल गरि आफ्नो टिमलाई २-० गोलको अग्रता दिलाउन सफल भए।

२ गोलले पछि परेको थ्रीस्टारले खेलको २३ मिनेटमा रन्जन बिष्टको क्रसलाई अजयी मारटिनले प्रहार गर्दै उत्कृष्ट गोल गरी खेललाई २-१ गोलअन्तरमा पुर्याउन सफल भए। बारम्बार गोल फर्काउने प्रयास गरेको थ्रीस्टारले पहिलो हाफमा थप गरिएको ३ मिनेट समयको पहिलो मिनेटमै मार्टिनले गोल गरि आफ्नो टिमलाई २-२ गोलको बराबरी गराउन सफल भए। दोश्रो हाफपछिको पहिलो मिनेटमै एपीएफका तर्फबाट युवराज खड्काले थप अर्को गोलगरि आफ्नो टिमलाई ३-२ गोलको स्थितीमा पुर्याए।

यस्तै एपीएफका प्रबिन स्याङ्तानले खेलको ७६ औं मिनेटमा पुनः थप अर्को गोल गर्दै आफ्नो टिमलाइ ४-२ गोलको बलियो स्थितिमा पुर्याउन सफल भए। यस्तै थ्रीस्टारका तर्फबाट बुद्द चेम्जोङले खेलको ८२ मिनेटमा डि बक्स बाहिरबाट कडा प्रहार गरि उत्कृष्ट गोल गर्दै खेललाई ४-३ गोल अन्तरमा पुर्याउन सफल भए। खेलको निर्धारित समयभित्र थप अन्य गोल हुन नसकेपछी एपीएफ क्लबले खेल ४-३ ले आफ्नो पक्षमा पार्न सफल भएको हो।

यो जितसंगै एपीएफ क्लब २ नम्बर प्रदेशकै सर्बाधिक पुरस्कार राशी रहेको अन्तर्राष्ट्रिय लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आजको खेलको म्यान अफद म्याच एपीएफ क्लबका जर्सी नम्बर ११ का नबिन लामाले नगद रु.५००० प्रदान प्राप्त गरेका थिए। प्रतियोगिता अन्तर्गत भोली शुक्रबार कुनैपनी खेल हुनेछैन । शनिबार नेपालका दुई चिरपरिचित विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफकाबिच फाइनल खेल हुने जिल्ला फुटबलसंघ सर्लाहीका महासचिव उज्ज्वल कार्कीले जानकारी दिए ।

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.