default_image

6 years ago

June 14, 2018

प्रिमियर लिगको खेल तालिका सार्वजनिक, सिटी र आर्सनलबीच उद्घाटन खेल

45 views

0 Bookmark

लन्डन (एजेन्सी) – सन् २०१८/१९ को सिजनको इंग्लिस प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ ।

इंगिलस फुटबल एसोसिएसनले बिहिबार नयाँ सिजनको लागि खेल तालिका सार्वजनिक गरेको हो । प्रिमियर लिगको नयाँ सिजन आउदो अगष्ट ११ बाट शुरु हुनेछ । लिग २०१९ को मे सम्म चल्नेछ । प्रिमियर लिगको पहिलो खेलमा च्याम्पियन म्यानचेष्टर सिटीले लन्डन क्लब आर्सनलको सामना गर्नेछ । पहिलो खेल आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा हुनेछ ।

सोही दिन म्यानचेष्टर युनाइटेडले लेष्टर सिटीको सामना गर्नेछ । अन्य खेलहरुमा चेल्सीले हडल्सफिल्ड टाउन, लिभरपुलले वेष्टह्याम, टोनह्यामले न्यु क्यासल युनाइटेड, साउथह्याम्पटनले बर्नली, फुलह्यामले क्रिष्टल प्यालेस, बोर्नामाउथले कार्डिफ सिटी, वाटफोर्डले ब्रिङ्टन र वल्भरह्याम्पटन वन्डरसले एभर्टनसंग खेल्नेछ ।

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.