7 years ago
June 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी तेस्रो ललित स्मृति यु १८ फुटबल प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । आर्मीले बिहीबार जगदम्बा लुम्बिनीलाई ४–० ले हराएको हो । साविक विजेता समेत रहेको आर्मीले सरस्वती क्लबमाथि पनि ४–० कै जित हासिल गरेको थियो ।
तस्बिरहरु- विवेक सुवेदी/हाम्रो खेलकुद
सातदोबाटोस्थित एन्फा कम्लेक्सको एस्ट्रो टर्फमा आर्मीको सिनियर टोलीबाट समेत खेलिसकेको दिनेश हेन्जनको गोलबाट आर्मीले २७ औं मिनेटमा अग्रता लिदएको थियो । सावन लामाले ४४ औं मिनेटमा गोल गरे । रोशन तिमलिस्नाले ७५ औं र दीपेन्द्र आलेमगरले इन्जुरी समय गोल गरेपछि आर्मीले सहज जित हासिल गरेको थियो ।
लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । ्असार २१ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ३ लाख रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख ५० हजार पाउने एन्फाले जनाएको छ । यस्तै व्यक्तिगत विधातर्फ स्ट्राइकर, मिडफिल्ड, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकले समान १० हजार प्राप्त गर्नेछन् ।
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’ले दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सल्लाघारीको सैनिक आवासीय महाविद्यालयलाई बिहीवार ५-० ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।सैनिकका इसान तामाङ प्लेयर अफ दि म्याच घोषित भए। विजेता टोलीले ६० हजार रुपैयाँसहित रनिङ्ग ट्रफी प्राप्त गर्यो । दोस्रो सैनिक […]
February 20, 2025
हिमाल खरेल,भद्रपुर झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १-० ले पराजित गर्दै झापा ११ अन्तिम आठमा पुगेको हो । झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको […]
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्। नेपाल र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनल मा एकअर्कासँगको भेट पक्का गरेका छन् । नेपालले बिहीवार लेबनानलाई १-० ले हराएपछि म्यानमारसँगै नेपाल फाइनल पुगेको हो। आजै पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराएको थियो। […]