7 years ago
June 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – डोनोस्टि कप खेल्न जाने टिम रारा मुगुका यु–१४ टिमलाई ट्रयाकसुट हस्तान्तरण गरिएको छ । थ्री स्टार क्लबका पूर्व प्रशिक्षक प्रदीप हुमागाईंले उपलब्ध गराएको ट्रयाकसुट सांसद गगनकुमार थापा र एन्फा महिला फुटबल समितिका अध्यक्ष वृन्दा देवानले बिहिबार एक कार्यक्रमका बीच खेलाडीहरुलाई हस्तान्तरण गरे ।
स्पेनको सान सबास्टेनमा हुने ‘डोनोस्टि कप’मा प्रतिस्पर्धा गर्न किशोरीहरू २८ जुनमा त्यसतर्फ जाँदैछन् । प्रतियोगिता १ देखि ७ जुलाईसम्म हुनेछ । जहाँ नेपाली किशोरीले चार खेल खेल्ने टिम व्यवस्थापक प्रकाशकुमार शाहीले जानकारी गराए ।
फुटबल फेस्टिबलका रूपमा मनाइने उक्त प्रतियोगितामा ३३ देशका ६ सय ३० टिमहरुको सहभागिता रहनेछ । उक्त फेस्टिबलपछि टिमले विश्वप्रसिद्ध फुटबल क्लब बार्सिलोना र रियल म्याड्रिडको खेल मैदानको अवलोकन गर्ने टिम प्रशिक्षक भगवती रानामगरले जानकारी दिइन् ।
विकट ग्रामीण भेगका किशोरीहरूले मैदानको अभावमा हिउमै फुटबल खेलेको विषयलाई आधार बनाएर भोजराज भाटले २०१५ मा बनाएको ‘सुनाकली’ डकुमेन्ट्री तयार पारेको थियो । युरोपका विभिन्न फिल्म फेष्टिभलमा प्रदर्शन भएको सुनकलीले २३ भन्दा बढी अवार्ड जित्न सफल भएको थियो । यसलाई नै आधार बनाएर फिफाले ‘मिट द हिमालयन मेसी’ नामक १२ मिनेट लामो भिडियो नै सुट गरेपछि किशोरीले युरोपमा फुटबल सिक्ने मौका पाएको डकुमेन्ट्री निर्देशक भाटले बताए ।
फिफाको अभियानपछि डोनास्टिक कपको आयोजकले सुनकलीको टिमलाई स्पेनमा खेल्न निम्ता दिएपछि टिम तयार पारेर स्पेन जान लागिएको उनले बताए । माघमा छनोट खेल खेलाएर १ सय ३५ खेलाडीबाट १७ सदस्यीय टिम तयार पारिएको हो । मुगुको विकट गाउँका १४ वर्षमुनिका किशोरीको फुटबल टिमले खेल्ने मैदानसमेत नभएका हिमाली जिल्लाका किशोरिले आफ्नै संघर्षबाट अन्तर्राष्ट्रिय मैदानमा अनुभव सँगाल्ने मौका पाएका हुन् ।
स्पेन जाने टोली
१. हिमाली शाही
२. रितादेवी रोकाय (कप्तान)
३.पुष्पादेवी शाही
४.सत्यलक्ष्मी बुढा
५.राज्यलक्ष्मी बुढा
६.सुनमती बुढा
७.उर्मिला बढुवाल
८.सोचपुरा महतारा
९. विपना मल्ल
१०. स्वस्तिका मल्ल
११.रोशनी कामी
१२. सतमा बुढा
१३. रमादेवी बढुवाल
१४. भाग्य लक्ष्मी भाम
१५. यमुना चौगाईं
१६.संगिता थापा
१७.रामकली बोहरा
प्रशिक्षकः भगवती रानामगर
टिम व्यवस्थापकः प्रकाशकुमार शाही
टिम संयोजकः भोजराज भाट
अफिसियलः गोपल बहादुर बम र कृष्ण बहादुर सेजुवाल
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’ले दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सल्लाघारीको सैनिक आवासीय महाविद्यालयलाई बिहीवार ५-० ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।सैनिकका इसान तामाङ प्लेयर अफ दि म्याच घोषित भए। विजेता टोलीले ६० हजार रुपैयाँसहित रनिङ्ग ट्रफी प्राप्त गर्यो । दोस्रो सैनिक […]
February 20, 2025
हिमाल खरेल,भद्रपुर झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १-० ले पराजित गर्दै झापा ११ अन्तिम आठमा पुगेको हो । झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको […]
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्। नेपाल र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनल मा एकअर्कासँगको भेट पक्का गरेका छन् । नेपालले बिहीवार लेबनानलाई १-० ले हराएपछि म्यानमारसँगै नेपाल फाइनल पुगेको हो। आजै पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराएको थियो। […]