7 years ago
June 14, 2018
मस्को (एजेन्सी) – विश्वकप सुरु हुन १ दिन बाकीं रहंदा स्पेनले आफ्नो राष्ट्रिय टोलीको प्रशिक्षक जुलेन लोपेटुइगीलाई बर्खास्त गरेको हो । आफूलाई खबर नगरी रियल म्याड्रिडसंग सम्झौता गरेका कारण स्पेनिस फुटबल संघले उनलाई पद निकाला गरेका हुन् ।
आधिकारिक रुपमा घोषणा सार्वजनिक हुनु अघि नै लोपेटुईगीलाई निर्णयको बारेमा थाहा थियो । त्यसैले उनले खेलाडीहरुलाई भेट्दै सन्देश दिए, “विश्वकप जितेर आऊ, र यसले तिमीहरुलाई झन बलियो बनाओस् ।”
लोपेटुईगीलाई बर्खास्त गरेसंगै पूर्व खेलाडी फर्नान्डो हिएरोलाई प्रशिक्षकको जिम्मा दिइएको छ । विश्वकपको १ दिन भएको उथल पुथलले टोलीको प्रदर्शनमा पनि असर पर्ने अनुमान लगाइएको छ ।
दाबेदार मानिएको स्पेन विश्वकप समूह ‘बि’ मा पोर्चुगल, इरान र मोरक्कोसंग रहेको छ । स्पेनले आफ्नो पहिलो खेल पोर्चुगलसंग भोलि खेल्दै छ ।
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’ले दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सल्लाघारीको सैनिक आवासीय महाविद्यालयलाई बिहीवार ५-० ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।सैनिकका इसान तामाङ प्लेयर अफ दि म्याच घोषित भए। विजेता टोलीले ६० हजार रुपैयाँसहित रनिङ्ग ट्रफी प्राप्त गर्यो । दोस्रो सैनिक […]
February 20, 2025
हिमाल खरेल,भद्रपुर झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १-० ले पराजित गर्दै झापा ११ अन्तिम आठमा पुगेको हो । झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको […]
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्। नेपाल र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनल मा एकअर्कासँगको भेट पक्का गरेका छन् । नेपालले बिहीवार लेबनानलाई १-० ले हराएपछि म्यानमारसँगै नेपाल फाइनल पुगेको हो। आजै पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराएको थियो। […]