7 years ago
June 13, 2018
सिमरा (हाम्रो खेलकुद) – वडा नम्बर १ जीतपुरसिमरा उपमहानगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । वडा नं. १२ लाई सडन डेथमा पराजित गर्दै वडा नं. १ उपाधि नजिक पुगेको हो । सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाईनल खेलमा वडा नं. १२ लाई वडा नं. १ ले सडन डेथमा पराजित गरेको हो ।
निर्धारित समयमा दुबै टिमले बराबरी खेलेपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा समेत बराबरी भएपछि नतिजा सडन डेथबाट निस्किएको हो । निर्धारित ८० मिनेट खेलको २०औं मिनेटको खेलमा वडा नं. १ का लागि निरज राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलम उत्कृष्ट प्रदर्शन गरेका निरजले डिबक्स बाहिरबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।
प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि थुप्रै अवसर गुमाएको वडा नं. १ ले सडन डेथसंग संघर्ष गर्नुप¥यो । क्वार्टरफाईनलमा वडा नं. ७ संग १–० ले पराजित भएको वडा नं. १२ प्रोटेस्टपछि बिजयी घोषित भएको थियो । वडा नं. ७ ले वडाभन्दा बाहिरको खेलाडी खेलाएको खुलेपछि आयोजकले वडा नं. १२ लाई बिजयी घोषणा गरेको हो ।
खेलमा दोस्रो अवसर पाएको वडा १२ ले आकर्षक खेल भने प्रदर्शन गर्न सकेन । अन्तिम समयसम्म वडा नंं. १ लाई रोक्न संघर्ष गरेको वडा नं. १२ ले खेलको ८०औं मिनेटमा बराबरी गोल फर्काएको थियो । वडा नं. १ को रक्षापंक्ती सम्हालेका रोहन लामा र गोलरक्षक रोहन मगरबीच तालमेल नमिल्दा वडा नं. १२ का सागर चौधरीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
निर्धारित समय बराबरीमा सकिएपछि खेल टाईब्रेकमा पुगेको थियो । टाईब्रेकरमा पनि दुई टिमले ५–५ को बराबरी खेलेका थिए । वडा नं. १ का लागि टाईब्रेकरमा कप्तान रोहन लामा, निरज राई, अमित दुवाडी, पुजन श्रेष्ठ र बसन्त लामाले गोल गरे । वडा नं. १२ का लागि सागर चौधरी, सुमन चौधरी, रामप्रवेश राय, मित्यानन्द राय र आकाश रायले गोल गरे ।
टाईब्रेकर पनि बराबरीमा सकिएपछि सडन डेथमा वडा नं. १२ का अजय चौधरीको प्रहार वडा नं. १ का गोलरक्षक रोहन मगरले नियन्त्रणमा लिए । वडा नं. १ का लागि प्रशान्त चौधरीले सडन डेथमा गोल गर्दै टिमलाई जीत दिलाए । खेलको म्यान अफ दि म्याच वडा नं. १ का गोलरक्षक रोहन मगर घोषित भए । उनलाई वडा नं. १ का वडाअध्यक्ष हिराबहादुर गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउलेलगायतले ट्रफि प्रदान गरे ।
प्रतियोगिता अन्तर्गत बिहिवार दोस्रो सेमिफाईनल खेल वडा नं. ५ र वडा नं. २ बीच हुनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील युवा क्लबले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको सञ्चार प्रवद्र्धकको रुपमा नेपाल खेलकुद पत्रकार मञ्च बारा रहेको छ ।
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’ले दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सल्लाघारीको सैनिक आवासीय महाविद्यालयलाई बिहीवार ५-० ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।सैनिकका इसान तामाङ प्लेयर अफ दि म्याच घोषित भए। विजेता टोलीले ६० हजार रुपैयाँसहित रनिङ्ग ट्रफी प्राप्त गर्यो । दोस्रो सैनिक […]
February 20, 2025
हिमाल खरेल,भद्रपुर झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १-० ले पराजित गर्दै झापा ११ अन्तिम आठमा पुगेको हो । झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको […]
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्। नेपाल र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनल मा एकअर्कासँगको भेट पक्का गरेका छन् । नेपालले बिहीवार लेबनानलाई १-० ले हराएपछि म्यानमारसँगै नेपाल फाइनल पुगेको हो। आजै पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराएको थियो। […]