7 years ago
June 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)– फ्रेण्डस् क्लब कुपन्डोलले तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा साँघुरो जितसहित विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम खेल मैदानमा बुधबार भएको समूह ‘डी’ को दोस्रो खेलमा फ्रेण्डस्ले सुदूरपश्चिम फुटबल क्लबमाथि १–० को झिनो जित निकाल्दै विजयी सुरुवात गर्न सफल भएको हो ।
फ्रेण्डसको झिनो जितमा सन्देश न्यौपानेले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलको १० औं मिनेटमा फ्रेण्डस्ले सन्देश न्यौपानेको गोलबाट अग्रता बनाएको थियो । अन्ततः त्यही गोल नै फ्रेण्डसको जितमा पर्याप्त बन्यो । दुवै टोलीले गोलको केही सुन्दर मौकाहरु खेर फालेको थियो ।
पहिलो जितसँगै फ्रेण्डस्ले दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ । यही समूहको आजै भएको पहिलो खेलमा रुस्लान थ्री स्टार क्लबले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबमाथि १–० कै झिनो अन्तरको निकालेको थियो । प्रतियोगिता अन्र्तगत बिहिबार लुम्बिनी फुटबल क्लब र त्रिभुवन आर्मी क्लब तथा दोस्रो खेलमा सरस्वती युवा क्लब र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’ले दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सल्लाघारीको सैनिक आवासीय महाविद्यालयलाई बिहीवार ५-० ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।सैनिकका इसान तामाङ प्लेयर अफ दि म्याच घोषित भए। विजेता टोलीले ६० हजार रुपैयाँसहित रनिङ्ग ट्रफी प्राप्त गर्यो । दोस्रो सैनिक […]
February 20, 2025
हिमाल खरेल,भद्रपुर झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १-० ले पराजित गर्दै झापा ११ अन्तिम आठमा पुगेको हो । झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको […]
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्। नेपाल र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनल मा एकअर्कासँगको भेट पक्का गरेका छन् । नेपालले बिहीवार लेबनानलाई १-० ले हराएपछि म्यानमारसँगै नेपाल फाइनल पुगेको हो। आजै पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराएको थियो। […]