default_image

6 years ago

June 13, 2018

ललित स्मृतिमा रुस्लान थ्री स्टारको जित

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टारले तेस्रो ललित स्मृति यु १८ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । प्रतियोगिताको दोस्रो दिन बुधबार थ्री स्टारले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराएको छ ।

तस्बिरहरु -विवेक सुवेदी/हाम्रो खेलकुद

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा शंकर आलेले ४३ औं मिनेटमा गरेको गोललाई जोगाउँदै थ्री स्टारले जित पक्का गरेको हो । प्रतियोगिताको पहिलो दिन साविक विजेता त्रिभुवन आर्मी क्लब र एनआरटी विजयी भएका थिए ।

प्रतियोगिता अन्र्तगत आजै समूह ‘डी’ को अर्को खेलमा फ्रेन्डस् क्लब कुपोन्डोल र सुदूरपश्चिम फुटबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।प्रतियोगितामा सहभागी सहभागी १८ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिता असार २१ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ३ लाख रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख ५० हजार पाउने एन्फाले जनाएको छ । यस्तै व्यक्तिगत विधातर्फ स्ट्राइकर, मिडफिल्ड, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकले समान १० हजार प्राप्त गर्नेछन् ।

तीन वर्षअघि करन्ट लागेर मृत्यु भएका अखिल नेपाल फुटबल संघका तत्कालिन कार्यावहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा प्रतियोगिता आयोजना भएको हो । स्वर्गिय श्रेष्ठ थ्री स्टारको लामो समय अध्यक्ष रहेका थिए ।

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.