default_image

6 years ago

June 13, 2018

एनआरएन युएई कपको तयारी पुरा

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युएईको नेपाली समुदायमा हालसम्म्कै सर्वाधिक राशिको फुटबल प्रतियोगिता एनआरएन युएई कप २०१८ को तयारी पुरा भएको बताइएको छ । आयोजक एनआरएनए युएई पदाधिकारी, एनआरएनए आइसीसी सदस्यहरु ठाकुरप्रसाद र मनोज गोर्खाली, नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्याल र प्रतियोगिताका सहभागी टोलीको उपस्थितिमा खेल तालिका सार्वजनिक गरिएको थियो ।

इदको अवसरमा शुक्रबार दुबईमा हुने प्रतियोगिताको विजेताले ६ हजार ६ सय ६६ दिराम ९ करिब (२ लाख रुपैयाँ ) प्राप्त गर्नेछ । पहिलो खेलमा प्रतियोगितामा आयोजक एनआरएन युएई र नवलपरासी राइनो फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै सुनुवार सेवा समाज र काष्ठमन्डप फुटबल क्लब तथा मेचीमहाकाली फुटबल क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै राइजिङ स्टार फुटबल क्लब र नेपाली समुदाय युएई, गोर्खा समाजको हिमालयन फुटबल क्लब र ओल्ड मन्क फुटबल क्लब, नेपाली जनसम्पर्क समिति फुटबल क्लब र माउन्ट एभरेस्ट फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । नेपाली स्पोट्र्स क्लब राक र हिपेट फुटबल क्लब, युनाइटेड स्टार फुटबल क्लब र एनआरएन अबुधाबीको फुटबलले एकअर्काको सामना गरेका छन् ।

एनआरएन युएईको उद्दार कोषको सहयोगार्थ आयोजना हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको आयोजक समुहका मदन अधिकारीले बताएका छन् । नेपालमा विभिन्न चर्चित फुटबल क्लब खेलिसकेका खेलाडी अहिले श्रमको सिलसिला युएईमा कार्यरत छन्, ती खेलाडीको पनि सहभागिता रहने आयोजकले दाबी गरेका छन् ।दुबईको पेनाल्टी फुटबल मैदान सलाउदीन स्ट्रीटमा हुने प्रतियोगिताको दास्रो हुने टोलीले ३ हजार ३ सय ३सय ३३ दिराम (करिब १ लाख रुपैयाँ) प्राप्त गर्नेछ ।

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.