default_image

6 years ago

June 13, 2018

रोनाल्डो र ग्रिजमनप्रति ला लिगा अध्यक्षको भरोसा

49 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो र एट्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजमन अर्को सिजन नयाँ क्लब जाने चर्चा अझै सेलाइसकेको छैन । तर, ला लिगाका अध्यक्ष जाभियर टेबासले भने रोनाल्डो र ग्रिजमन अर्को सिजन पनि आ आफ्नै क्लबमा रहने विश्वास व्यक्त गरेका छन् । समर ट्रान्सफर अगस्टको अन्तिममा बन्द हुनेछ ।

पाँच वर्षमा चौथो पटक च्याम्पियन्स लिगको उपाधि जितेपछि गत महिना रोनाल्डोले रियल छाड्ने संकेत गरेका थिए । लिभरपुललाई फाइनलमा हराएपछि उनले चाडै समर्थकलाई आफ्नो भविष्यका बारेमा जानकारी दिने बताएका थिए । त्यसपछि उनका विषयमा अनेक खाले अड्कलबाजी सुरु भएको थियो ।

यद्दपी विश्व कप सुरु हुन एक दिन बाँकी रहँदा पनि रोनाल्डोले भविष्यका बारेमा बोलेका भने छैनन् । उनको कप्तानीमा पोर्चुगल विश्व कप खेल्ने तयारीमा यति बेला रसियामा रहेको छ । ग्रिजमनले अघिल्लो वर्षनै एट्लेटिको छाड्ने चर्चा चलेको थियो । तर, क्लबमाथिको सरुवा प्रतिबन्धका कारण उनले क्लब छाड्न मिलेन ।

अहिले फेरि उनी नयाँ क्लब जाने चर्चा सुरु भएको छ । उनी ला लिगा च्याम्पियन बार्सिलोना पुग्ने धेरैको अनुमान गरएको छ । यद्दपी टेबासले भने दुवै खेलाडी कतै नजाने विश्वास गरेका छन् ।

‘मलाई विश्वास छ रोनाल्डो रियलमै र ग्रिजमन एट्लेटिकोमै रहनेछन्,’ टेबासले भने, ‘रोनाल्डोले क्लब छाड्ने कति सम्भावना छ भन्ने १० अंकमा सोध्नु हुन्छ भने ५ वा अझै ४ को सम्भावना छ । मैले यसमा धेरै चिन्ता लिएको छैन ।’

यसपटकको ट्रान्सफर विन्डो रोनाल्डो र ग्रिजमनका कारण समर्थका लागि चाख लाग्दो हुने सम्भावना छ । अन्तमा उनीहरु नयाँ क्लब जान्छन् वा पुरानैमा रहन्छन् भन्नेमा समर्थकको ध्यान तानिरहनेछ ।

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

Success

Thank you for your time.