default_image

6 years ago

June 13, 2018

फिफा विश्वकप : १ दिन बाँकी !

35 views

0 Bookmark

मस्को (एजेन्सी) – विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ बिहीबारदेखि रुसको राजधानी मस्कोमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबिया आमनेसामने हुँदैछन् ।

प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन जर्मनी, स्पेन, ब्राजिल र फ्रान्सलाई उपाधिको प्रमुख दावेदारको रुपमा हेरिएको छ । व्यक्तिगत रुपमा अब्बल खेलाडी भएकै कारण बेल्जियम, अर्जेन्टिना, पोर्चुगल र इंग्ल्यान्डको पनि सम्भावना रहेको छ । दावेदार सबै टोलीमा गोलरक्षकको भूमिका महत्त्वपूर्ण हुने गर्दछ । समूह चरणमा टोलीहरुलाई तुलनात्मक जित दर्ता गर्न सहज हुन्छ । दोस्रो चरण पार गरेपछि भने उत्कृष्ट बिचको लडाईमा गोलरक्षकको भूमिका देखिने गर्छ ।

स्पेनका गोलरक्षक डेबिड डे हेया पछिल्ला केहि सिजनदेखि उत्कृष्ट लयमा छन् । छनोटका क्रममा पनि उनले राष्ट्रिय टोलीबाट यादगार प्रदर्शन गरे । म्यानचेस्टर युनाइटेडलाई लगातार उत्कृष्ट नतिजा दिलाइरहेका गोलरक्षक डे हेयामै स्पेनी टोलीको आशा रहेको छ ।

फ्रान्सका गोलरक्षक ह्युगो लोरिस पनि क्लब फुटबलमा राम्रो सिजन बिताएर आएका छन् । फ्रान्सेली टोलीका कप्तान समेत रहेका लोरिसका लागि यो राष्ट्रिय टोलीबाट अन्तिम प्रतियोगिता हुन सक्छ । त्यसैले पनि उनले टोलीको प्रदर्शनमा थप महत्त्व बोकेका छन् ।

जर्मनीका म्यानुएल नोएर सिजनको पछिल्लो भाग विश्राममै रहे । खुट्टाको चोटका कारण मैदान बाहिर रहेका उनले विश्वकपका अभ्यास खेलको प्रदर्शनसँगै खेलमा फर्किएको सिद्ध पारेका छन् । अब पुरानै लयलाई समातेर टोलीको नेतृत्व गर्नु उनलाई चुनौती हुनेछ ।

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

Success

Thank you for your time.