default_image

6 years ago

June 12, 2018

मेयर कप फुटबलको सेमिफाइनल समिकरण पुरा

33 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद) – वडा नम्बर ७ र ५ सेमिफाइनलमा प्रवेश गरेसँगै सिमरामा जारी जीतपुरसिमरा नगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको अन्तिम चारको समिकरण पुरा भएको छ । सिमरा रंगशालामा मंगलवार भएको दुई क्वार्टरफाईनल खेलमा वडा नं. ७ र वडा नं. ५ विजय हुँदै सेमिफाइनल पुगेका थिए ।

वडा नं. १ र वडा नंं २ यसअघि नै अन्तिम चारमा पुगेका थिए । फाइनल प्रवेशका लागि बुधवार वडा नं. ७ र वडा नं. १ तथा बिहिबार वडा नं. ५ र वडा नं. २ बीच प्रतिस्पर्धा हुनेछ । सिमरा रंगशालमा मंगलवार वडा नं. ७ ले वडा नं. १२ लाई १–० ले पराजित गरेको हो । खेलको ७औं मिनेटमा जिय चौधरीले गरेको गोल निर्णायक बनेपछि वडा नं ७ अघि बढेको हो । विजेता टोलीका राजु राय खेलको म्यान अफ दि म्याच घोषित भए ।

अर्को खेलमा वडा नं. ५ ले वडा नं. ३ लाई ३–१ ले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा वडा नं. ५ का लागि कृपा चौधरीले खेलको चौथो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । प्रतियोगिताकै बलियो टोली मानिएको वडा नं. ५ विरुद्ध वडा नं. ३ ले खेलको १७ औं मिनेटमा बराबरी गोल फर्कायो । वडा नं. ३ का रोहन लामाले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए ।

पहिलो हाफमा दुवै टोलीले बराबरी खेलेपछि खेल रोमाञ्चक बन्न पुगेको थियो । निर्धारित ५० मिनेटको खेलको दोस्रो हाफमा आक्रामक सुरुवात गरेको वडा नं. ३ ले खेलको २८औं मिनेटमा खेलमा अग्रता लियो । वडा नं. ३ का लागि आशिष श्रेष्ठले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरे ।

खेलमा अग्रता लिएपछि उत्साहित बनेको वडा नं. ३ को रक्षापंक्ती सम्हालिन नसक्दा वडा नं. ५ ले खेलको ३४औं मिनेटमा बराबरी गोल फर्कायो । त्यसको तीन मिनेट बित्न नपाउदै वडा नं. ५ का कृपा चौधरीले ब्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गर्दै ३–१ को जीत दिलाए । कृपा खेलको म्यान अफ दि म्याच घोषित भए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछ ।

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.