default_image

6 years ago

June 12, 2018

स्पेनका प्रशिक्षक लोपेटेगुइ रियलमा जिदानको उत्तराधिकारी

42 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– स्पेनका प्रशिक्षक जुलेन लोपेटेगुइ जिनेदिन जिदानको उत्तराधिकारीका रुपमा रियल म्याड्रिडको नयाँ प्रशिक्षक नियुक्त भएका छन् । रसियामा आयोजना हुने विश्व कप फुटबल पछि ५१ वर्षे लोपेटेगुइले रियलको कमान सम्हाल्ने बताइएको छ । उनी र क्लबबीच तीन वर्षको सम्झौता भएको छ ।

सन् २०२० को युरोपियन च्याम्पियनसिपका लागि स्पेनको प्रशिक्षकका रुपमा सम्झौता गरेको केहि सातापछि उनले रियलसँग सम्झौता गरेका छन् । लोपेटेगुइ ती कम खेलाडीमा पर्दछन् जसले रियल र बार्सिलोना दुवै टोलीबाट खेलेका थिए । उनले दशकअघि रियलकै बी टिमलाई पनि प्रशिक्षण दिएका थिए ।

उनले स्पेनको प्रशिक्षकका रुपमा सम्झौता नविकरण गरेको समय आफु र आफ्नो टोलीमाथि देखाएको विश्वासका लागि आभार व्यक्त गरेका थिए । तीन पटक च्याम्पियन्स लिग उपाधि जितेका जिदानले अघिल्लो महिना प्रशिक्षकको जिम्मेवारी छाडेयता सो पद खाली भएको थियो ।

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.