default_image

6 years ago

June 12, 2018

साविक विजेता आर्मी र एनआरटीको जित

84 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दुई पटकको च्याम्पियन त्रिभुवन आर्मी क्लबले जितका साथ राजधानीमा आजबाट शुरु भएको तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम खेल मैदानमा मंगलबार भएको पहिलो दिनको दोस्रो खेलमा आर्मीले सरस्वती क्लबमाथि ४–० को फराकिलो जित हासिल गरेको हो ।

आर्मीको सिनियर टोलीका महत्वपूर्ण सदस्य बनिसकेका दिनेश हेन्जनले २ गोल गरे । शेशेहाङ आङदेङ्वे र विवेक चौधरीले समान १ गोल गरे । एकपक्षीय खेलमा आर्मीले पहिलो गोलको लागि भने पहिलो हाफको इन्जुरी समय कुर्नुपरेको थियो । शेषेहाङले पहिलो गोल गरेका थिए । ६८ औं मिनेमा कप्तान समेत रहेका दिनेश गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए ।

७५ औं मिनेटमा वैकल्पिक खेलाडी विवेकले गोल गर्दै आर्मीलाई ३–० को आरामदायी स्थितिमा पु¥याएका थिए । खेल सकिन पाँच मिनेट बाँकी रहँदा दिनेशले व्यक्तिगत दोस्रो गोल गरे । सरस्वतीले भने कुनैपनि समय आर्मीको पोष्टमा आक्रमण गर्न सकेन ।

मंगलबारै भएको पहिलो खेलमा न्युरोड टिम एनआरटीले मच्छिन्द्र क्लबमाथि ३–१ को प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयो । एनआरटीले खेलमा पछि परेको स्थिति उल्ट्याउदै जित निकालेको हो । एनआरटीको जितमा साहलि केसी, विशाल क्षेत्री र निर्मल घिसिङले गोल गरे ।

मच्छिन्द्रका लागि शरद राईले गोल गरे । खेलमा दवाव झेलेपनि खेलको १५ औं मिनेटमा मच्छिन्द्रले कप्तान शरदको गोलबाट अग्रता लिएको थियो । मैदानको मध्यभागबाट लविश थापाले दिएको लामो पासलाई शरदले अफसाइड बिटबाट गोलरक्षक अघि बढेको अवस्थामा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, मच्छिन्द्रको त्यो अग्रता १५ मिनेटभन्दा बढी टिकेन ।

३० औं मिनेटमा साहिलले एनआरटीका लागि साहिलले बराबरी गोल गरे । साहिलले विशाल क्षेत्रीको पासमा गोल गरे । त्यसको दुई मिनेटपछि नै विशालले गोल गर्दै एनआरटीलाई २–१ को अग्रता दिलाए । डि–बक्समा विपिनाले मिलाइदिएको पासमा विशालले गरेको शक्तिशाली प्रहार पहिलो बारमा लाग्दै गोल हुन पुगेको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा निर्मलले एनआरटीका लागि गोल गरेक थिए ।

प्रतियोगिता अन्र्तगत बुधबार समूह ‘डी’ का दुई खेलहरु हुनेछ । पहिलो खेलमा रुस्लान थ्री स्टार क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीच दिनको १ः३० बजे खेल हुनेछ । दोस्रो खेलमा फ्रेन्डस् क्लब कुपोन्डोलले सुदूरपश्चिम फुटबल क्लबको सामना गर्नेछ । खेल ४ बजेपछि शुरु हुनेछ । प्रतियोगितामा सहभागी सहभागी १८ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । जेठ २९ गतेबाट शुरु हुने प्रतियोगिता असार २१ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ३ लाख रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख ५० हजार पाउने एन्फाले जनाएको छ । यस्तै व्यक्तिगत विधातर्फ स्ट्राइकर, मिडफिल्ड, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकले समान १० हजार प्राप्त गर्नेछन् ।

October 2, 2024

आर्सनलको अपराजित यात्रा कायमै

एजेन्सी – आर्सनलले च्याम्पियन लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । घरेलु मैदानमा मंगलवार आर्सनलले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २- ० ले पराजित गरेको हो । आर्सनलको जितमा काई हावर्ट्ज र बुकायो साकाले समान १ गोल गरे । हावर्ट्जले २०औं मिनेटमा गोल‌ गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । साकाले ३५औं […]

October 2, 2024

बार्सिलोनाको सानदार जित

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन लिगको‌ यो सिजनमा पहिलो जित निकालेको छ । बार्सिलोनाले मंगलवार स्विस क्लब योङ ब्वाइजमाथि ५-० को प्रभावशाली जित हासिल गरेको हो । घरेलु मैदानमा बार्सिलोनाको जितमा रोर्वट लेवान्डोस्कीले २, राफिन्हा र इनिगो मार्टिनेजले समान १ गोल गर्दा ब्वाइजले उपहार स्वरुप १ गोल दिएको थियो । खेलको आठौं मिनेटमा लेवान्डोस्कीले […]

October 1, 2024

आयोजकको जितसँगै झरना रनिङशिल्डको सेमिफाइनल समिकरण पूरा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । अब फाइनल प्रवेशको लागि आयोजक झरना स्पोर्टस क्लब र गोर्खा ब्वाइज स्पोर्टस क्लबबीच प्रतिस्पर्धात्यस्तै अर्को सेमिफाइनल लिस्नु युवा क्लब र जनज्योति युवा क्लबबीच हुनेछ । मंगलवार भएको अन्तिम क्वाटरफाइनलमा झरनाको‌ जितसँगै समिकरण पूरा भएको हो। स्वर्गिय खगी गुरुङसेनीको […]

Success

Thank you for your time.