7 years ago
June 12, 2018
मस्को (एजेन्सी)– इजिप्टको मेडिकल टोली लिभरपुलका स्टार मोहम्मद सलाह इजिप्टको उरुग्वेविरुद्ध हुने विश्व कपको पहिलो खेलमा खेल्ने नखेल्नेमा अझै निश्चित हुन सकेको छैन । इजिप्ट र उरुग्वेबीच शुक्रबार खेल हुनेछ ।
रियल म्याड्रिडविरुद्ध गत महिना भएको च्याम्पियन्स लिग फाइनलका दौरान सर्जियो रामोससँग ठोक्किएर सलाहको काँधमा चोट लागेको थियो ।सोमबार टोलीका अन्य खेलाडीसँगै सलाह प्रशिक्षणमा सामेल भएपनि उनी पहिलो खेलमा खेल्ने नखेल्ने टुंगो लागेको छैन । इजिप्ट फुटबल टोलीको मेनेजिङ डाइरेक्टर इहाब लिहिताले सलाहको अवस्थाका बारेमा हरेक दिन निरिक्षण गरेको बताएका छन् ।
‘हामीले च्याम्पियन्स लिगको फाइनलदेखि नै उनको चोटको अवस्था हेरिरहेका छौं । सलाहले कायरोमा पनि अभ्यास गरे । हिजो र आज पनि गरे,’ उनले भने, ‘हामीले सबै परिस्थितिलाई हेरिरहेका छौं । उनको काँधमा हरेक दिन उपचार भइरहेको छ । उनी इन्डो र जिममा पनि अभ्यास गरिरहेका छन् । आज भने उनले मैदानमा अभ्यास गरे । ‘
‘उनको चोटमा भने सुधार भइरहेको बताएका छन् । उनको चोटमा विस्तार सुधार भएको छ । तर आजै उनी पहिलो खेलमा खेल्छन् खेल्दैनन् पक्का गर्न सकिन्न,’ लिहिताले भने, ‘अहिले यति भन्न सकिन्छ उनले खेल्ने हामीले आशा राखेका छौं ।’
यदि उनले पहिलो खेल खेल्न सकेनन् भने पनि आयोजक रसियाविरुद्ध जुन १९ मा हुने खेलमा भने सलाह खेल्ने अपेक्षा गरिएको छ । त्यसको छ दिनपछि इजिप्टले साउदी अरेबियाको सामना गर्नेछ ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]