default_image

6 years ago

June 11, 2018

वडा नम्बर ३ मेयर कपको क्वार्टरफाइनलमा

40 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद) – वडा नम्बर ८ लाई पराजित गर्दै वडा नम्बर ३ जीतपुर सिमरा नगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा सोमबार भएको खेलमा वडा नं. ८ लाई ४–१ ले पराजित गर्दै वडा नं. ३ ले अन्तिम आठको यात्रा तय गरेको हो ।

वडा नं. ३ को जितमा कुमार दोङले २ तथा सन्त थिङ र सुरज तामाङले समान १ गोल गरे । वडा नं. ८ का लागि पवन किशोर कुशवाहाले गोल गरे । खेलको पहिलो मिनेटमा गोलको खाता खोलेको वडा नं. ३ ले खेल अवधीभर वडा नं. ८ लाई दबाबमा राख्न सफल भयो । वडा नं. ८ का खेलाडी सम्हालिन नपाउदै खेल सुरु भएको ४० सेकेण्डमा वडा नं. ३ का लागि कुमारले गोल गरेका थिए ।

पहिलो खेलमा वडा नं. २० लाई पराजित गर्दै प्रिक्वार्टरमा प्रवेश गरेको वडा नं. ८ ले आकर्षक खेल प्रदर्शन गर्न सकेन । सुरुवातदेखि दबाब झेलेको वडा नं. ८ ले खेलको २०औं मिनेटमा दोस्रो गोल खान पुग्यो । वडा नं. ३ का सन्तले गोल गर्दै खेल २–० को स्थितीमा पु¥याए । पहिलोमा हाफमा कुनै अवसर बनाउन नसकेको वडा नं. ८ ले दोस्रो हाफमा एक गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो ।

निर्धारित ६० मिनेटको खेलको ३६ औं मिनेटमा वडा नं. ८ का कप्तान पवनकिशोर ले गोल गरे । खेलमा फर्कने प्रयास गरेपनि लय समात्न नसक्दा वडा नंं ८ ले लगातार थप दुई गोल खान पुग्यो । खेलको ५०औं मिनेटमा टिमको लागि गोलको खाता खोलेका कुमारले दोस्रो गोल गरे । त्यसको तीन मिनेट बित्न नपाउदै सुरजले गोल गर्दै टिमलाई ४–१ को जीत दिलाए ।

खेलको म्यान अफ दि म्याच कुमार दोङ घोषित भए । उनलाई वडा नं. ३ का अध्यक्ष जगन्नाथ घिमिरे र वडा नं. ८ का अध्यक्ष रामबाबु कुर्मीले ट्रफि वितरण गरेका थिए । पहिलो खेलमा वडा नं. १० लाई पराजित गर्दै प्रिक्वार्टरमा प्रवेश गरेको वडा नं. ३ ले अब सेमिफाईनल प्रवेशका लागि मंगलवार वडा नं. ५ संग खेल्नेछ । यसैगरी मंगलवार हुने पहिलो खेलमा वडा नं. ७ र वडा नं. १२ भिड्नेछन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक विकासशील क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.