7 years ago
June 11, 2018
लालबन्दी– नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको दुई दिनपछि नेपाल पुलिस क्लब लालबन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । लालबन्दीको राधाकृष्ण खेल मैदानमा खेलको अन्त्यतिर भोला सिलवालले निर्णायक गोल गरेपछि रुपन्देहीको गोर्खा ब्वाइजलाई सोमबार २–१ ले हराउँदै विभागिय टोली पुलिस अन्तिम चारमा पुगेको हो ।
भोलाले खेल सकिन चार मिनेट बाँकी रहँदा गरेको गोल खेलको निर्णायक बनेको थियो । खेलको सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा गोर्खा ब्वाइज पराजित भएको छ । ५६ औं मिनेटमा राम वाजीको गोलबाट पुलिस खेलमा फर्केको थियो । प्रतिस्पर्धात्मक खेलको ८६ औं मिनेटमा भोलालले गोल गर्दै पुलिसलाई जित दिलाए ।
पुलिसले बुधबार रमपम झापा ११ सँग सेमिफाइनल खेल्नेछ । सोमबारको खेलमा पुलिसका राम म्यान अफ दी म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे । शनिबार नुवाकोट गोल्डकपको फाइनलमा रुस्लान थ्री स्टार क्लब लाई १–० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । यो वर्ष पुलिसको त्यो दोस्रो उपाधि हो ।
सर्लाही जिल्ला फुटबल संघ र लालबन्दी नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको विजेता टोलीले ७ लाख र दोस्रो हुने टोलीले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उदयमान खेलाडीले मोटरसाइकल पाउने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
लालबन्दी गोल्डकपमा मंगलबारको क्वार्टरफाइनल
रुस्लान थ्री स्टारविरुद्ध कास्की ११
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]