default_image

6 years ago

June 11, 2018

विश्वकपमा हेर्नलायक खेलाडी – नेयमार

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको सबैभन्दा चर्चित प्रतियोगिता, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुंदैछ । हाम्रो खेलकुद डटकमको ‘विश्वकपमा हेर्नलायक खेलाडी’ को सुचीमा रहेका छन् ब्राजिलका फरवार्ड नेयमार ।

ब्राजिलको १६ वर्षमा पहिलो पटक विश्वकप जित्ने बलियो मौका रहेको छ । ब्राजिलको टोली डिफेन्स र मिडफिल्डमा बलियो रहेको छ भने अग्रपंक्ति प्रतियोगितामा सबैभन्दा आकर्षक रहेको छ । त्यस अग्रपंक्तिको नेतृत्व गर्ने छन् पिएसजीका स्टार खेलाडी नेयमार ।

नेयमार केही वर्षदेखि बताइरहेका छन् कि बलोन डि’ओर जित्ने उनको लक्ष्य रहेको छ । बार्सिलोनामा लियोनल मेस्सीको छायामा रहेको महसुस गर्दै नेयमार पिएसजीतिर लागे । त्यहां पनि उच्च प्रदर्शन गरेका नेयमार सिजनको अन्तिमतिर भने घाइते भए ।

चोटिल भएका नेयमार विश्वकपमा फिट हुने नहुने अनिश्चित थियो । तर दुई मैत्रीपूर्ण खेलमा दुई सुन्दर गोलसंगै नेयमारले आफ्नो लक्ष्य स्पष्ट पारेका छन् – विश्वकप २०१८ । यदी विश्वकप जिताउन सफल भए नेयमार आफ्नो व्यक्तिगत लक्ष्य बलोन डि’ओरको पनि नजिक अवश्य हुने थिए ।

ब्राजिल विश्वकप समूह ‘ई’मा स्विट्जरल्यान्ड, सर्बिया र कोस्टा रिकासंग रहेको छ । समूह चरणमा खेलहरु तुलनात्मक रुपमा सहज भए पनि प्रतियोगिता अघि बढ्दौ जादाँ ब्राजिलको चुनौति भने कठिन हुंदै जानेछ । पछिल्लो विश्वकपको नमिठो याद पनि ब्राजिललाई भुलाउन छ र त्यसका लागि नेयमारले निकै महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने हुने छ ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.