7 years ago
June 10, 2018
सर्लाही (हाम्र खेलकुद) – नेपाल एपिएफ क्लब लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौडाको विजय युथ क्लबलाई २–० ले हराउँदै विभागिय टोली अन्तिम चारमा पुगेको हो । एपिएफलाई जित दिलाउन रुपबहादुर लामा र प्रविण स्याङ्तानले गोल गरेका थिए ।
लालबन्दीको राधाकृष्ण खेल मैदानमा भएको खेलको १० औं मिनेटमा रुपबहादुरले गोल गर्दै एपिएफलाई अघि बढाए । पेनाल्टी बक्स बाहिर प्राप्त बलमा रुपबहादुरले गोल गरेका हुन् । त्यसको केहि समयमै पाएका दुई वटा मौका लागि विजय युथका अमिर श्रेष्ठले खेर फाल्दा बराबरकिो मौका गुमेको थियो ।
एपिएफ ५७ औं मिनेटमा प्रविणले गोल थपेपछि एपिएफ खेलमा थप मजबुद बनेको थियो । विजय युथले दोस्रो हाफमा पनि गोल फर्काउने अवसर पाएको थियो । तर गोल गर्न असफल भएपछि टोली पहिलो खेलबाटै बाहिरिएको छ ।
एपिएफ भने भारतको सिक्किम युनाइटेडलाई हराउँदै क्वार्टरफाइनल पुगेको थियो । एपिएफले अब कास्की ११ र रुस्लान थ्री स्टार क्लबबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ । एपिएफका प्रविण खेलको म्यान अफ दी म्याच घोषित भए र उनलाई आयोजकका नन्दुर खुरानाले ५ हजार रुपैयाँ प्रदान गरे ।
लालबन्दी गोल्डकपमा सोमबारको तेस्रो क्वार्टरफाइनल
नेपाल पुलिसविरुद्ध गोर्खा ब्वाइज रुपन्देही
February 18, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि राष्ट्रिय फुटबल टोलीका सदस्य समिर तामाङलाई मार्की खेलाडी बनाएको छ। पोखराले मंगलवार समिरलाई मार्की खेलाडी अनुबन्ध गरेको जनाएको छ । नेपाली यु १९ टोलीबाट खेलिसकेका समिरलाई पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले मार्कीको जिम्मेवारी सुम्पेको बताइएको छ। समिर एनएसएलमा पहिलो पटक मार्की खेलाडी […]
February 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने केपी ओली फुटबल प्रतियोगिताको मंगलवार खेल तालिका सार्वजनिक भएको छ। आहा! रारा पोखरा गोल्डकप विजेता उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपिएफबिच उद्घाटन खेल हुनेछ। त्यो खेलको विजेताले क्वाटरफाइनलमा संकटा क्लबको सामना गर्नेछ। नेपाल युवा संघले आयोजना गर्ने प्रतियोगितामा २ विदेशीसहित ९ टोलीको सहभागिता रहनेछ। फागुन १२ र १३ […]
February 18, 2025
एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगाको स्थानमा उक्लिएको छ । रायो भालोसानोलाई सोमवार १-० ले पराजित गरेको बार्सिलोना रियल म्याड्रिडलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि रोर्बट लेवान्डोव्स्कीले गोल गरे । उनले २८औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल निर्णायक बन्यो। जितसँगै बार्सिलोनाको २४ खेलबाट ५१ अंक […]