default_image

6 years ago

June 10, 2018

फ्रान्स मैत्रीपूर्ण खेलमा रोकियो

45 views

0 Bookmark

मस्को (एजेन्सी) – गए राति खेलिएको मैत्रीपूर्ण खेलमा फ्रान्स र अमेरिकाले १-१ को बराबरी खेलेका छन् ।

फ्रान्सले आफ्नो अधिकांश पहिलो रोजाईको खेलाडीहरुलाई मैदानमा उतारेको थियो । तर पहिलो हाफको ४४ औं मिनेटमा गोल खाएपछि फ्रान्स खेलमा पछि परेको हो । अमेरिकाका लागि जिलियन ग्रिनले गोल गरेका थिए ।

फ्रान्सले खेलभरी नियन्त्रण लिए पनि गोल भने गर्न सकेको थिएन । दोस्रो हाफमा फ्रान्सका स्ट्राइकर ओलिभर जिरुड र अमेरिकाका म्याट मियज्गा ठोकिएपछि दुवैको टाउको रगताम्मे भएको थियो ।

७८ औं मिनेटमा भने फ्रान्स अन्तत: गोल गर्न सफल भएको थियो । किलियन बाप्पेले बेन्जामिन पाभार्डको क्रसलाई सदुपयोग गर्दै फ्रान्सेली समर्थकहरुलाई निराश हुनबाट जोगाए । सो मैत्रीपूर्ण खेल फ्रान्सका लागि विश्वकप अघि अन्तिम थियो ।

विश्वकप दाबेदार मानिएको फ्रान्स विश्वकप समूह ‘सी’ मा अष्ट्रेलिया, पेरु र डेनमार्कसँग रहेको छ ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.