7 years ago
June 9, 2018
नेपालगञ्ज (हाम्रो खेलकुद) – लाली रुपन्देही ११ ले तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताकाके उपाधि जितेको छ । बाँकेको खजुरा डिगाँउमा शनिबार भएको फाइनलमा सिएमजी क्लब संकटालाई १–० ले हराउँदै रुपन्देहीले उपाधि जितेको हो ।
प्रचण्ड गर्मीका बीच उपाधिका लागि रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । खेलको ५३औं मिनेटमा रुपन्देहीका लागि जोन ग्लोरीले गरेको गोल नै खेलको निर्णायक बन्यो ।
उपाधिसँगै रुपन्देहीले ५ लाख रुपैया र संकटाले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
रुपन्देहीका कप्तान दीपक गुरुङ प्रतियोगिताको सवोत्कृष्ट खेलाडी घोषित भए र उनले मोटरसाइलक प्राप्त गरे । रुपन्देहीका राजुबाबु मगर उत्कृष्ट गोलकिपर ,रुपन्देहीकै युद्ध शाही उत्कृष्ट रक्षक , संकटाका सौजन राई उत्कृष्ट मिडफिल्डर र संकटाकै शान्त गुरुङ उत्कृष्ट फरवार्ड घोषित भए । उत्कृष्ट सबैले समान १० हजार रुपैयाँ प्राप्त गरे ।
February 19, 2025
एजेन्सी –जर्मनीको बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ। स्कटल्याण्डको सेल्टिकसँग मंगलवार प्ले अफको दोस्रो लेगमा १-१ को बराबरी खेल्दै बायर्नले प्रि क्वाटरफाइनलको यात्रा तय गरेको हो। इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरेपछि बायर्न सेल्टिकसँग १-१ को बराबरी गरेको हो। पहिलो लेगमा २-१ ले विजयी भएको बायर्न समग्रमा ३-२ को अग्रतासहित अघि बढेको […]
February 18, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि राष्ट्रिय फुटबल टोलीका सदस्य समिर तामाङलाई मार्की खेलाडी बनाएको छ। पोखराले मंगलवार समिरलाई मार्की खेलाडी अनुबन्ध गरेको जनाएको छ । नेपाली यु १९ टोलीबाट खेलिसकेका समिरलाई पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले मार्कीको जिम्मेवारी सुम्पेको बताइएको छ। समिर एनएसएलमा पहिलो पटक मार्की खेलाडी […]
February 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने केपी ओली फुटबल प्रतियोगिताको मंगलवार खेल तालिका सार्वजनिक भएको छ। आहा! रारा पोखरा गोल्डकप विजेता उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपिएफबिच उद्घाटन खेल हुनेछ। त्यो खेलको विजेताले क्वाटरफाइनलमा संकटा क्लबको सामना गर्नेछ। नेपाल युवा संघले आयोजना गर्ने प्रतियोगितामा २ विदेशीसहित ९ टोलीको सहभागिता रहनेछ। फागुन १२ र १३ […]