default_image

7 years ago

June 9, 2018

वडा नम्बर ५ मेयर कपको अन्तिम आठमा

63 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद) – वडा नम्बर १४ लाई पराजित गर्दै वडा नम्बर ५ सिमरामा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शनिबार भएको खेलमा वडा नं. १४ माथी ३–० को जित निकाल्दै वडा नंं ५ ले क्वार्टरफाईनलको यात्रा तय गरेको हो । वडा नं. ५ को जितमा कृपा चौधरी, रामोध्याय चौधरी र श्रीराम चौधरीले गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टिमले कुनै गोल गर्न सकेनन् । दुवै टिमले पहिलो हाफमा सिर्जना गरेको थुप्र्रै अवसर खेल फालेका थिए । वडा नं. ५ ले तीन गोल नै दोस्रो हाफमा गरेको थियो । दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गरेको वडा नं. ५ का लागि ५३ औं मिनेटमा कृपा चौधरीले अग्रता दिलाएका थिए । वडा नं. १४ को रक्षापंक्ती सम्हालिन नसक्दा कृपाले हेडमार्फत गोल गरे ।

खेलमा अग्रता लिएपछि वडा नं. १४ लाई दवावमा राखेको वडा नं. ५ ले ६४औं मिनेटमा दोस्रो गोल गरेको थियो । रामोध्याय चौधरीले गोल गर्दै खेल २–० को स्थितीमा पु¥याएका थिए । निर्धारित ७० मिनेटको खेलको अन्तिम समयमा वडा नं. ५ ले तेस्रो गोल थपेको थियो । अस्मित चौधरीको पासलाई सदुपयोग गर्दै कप्तान श्रीराम चौधरीले गोल गर्दै टिमलाई ३–० को जित दिलाए ।

कप्तान चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई वडा नं. ५ का अध्यक्ष मोहित चौधरी र वडा नं. १४ का अध्यक्ष रामशरण बर्तौलाले म्यान अफ दि म्याच प्रदान गरेका थिए । प्रतियोगितामा वडा नं. ५ को यो दोस्रो जीत हो । यसअघि पहिलो खेलमा वडा नं. ५ ले वडा नं. ९ लाई पराजित गरेको थियो । वडा नं. १४ ले भने वडा नं. १७ लाई पराजित गरेको थियो ।

प्रतियोगिता अन्तर्गत आईतवार वडा नं. ४ र वडा नं. १२ बीच खेल हुनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

February 19, 2025

बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा

एजेन्सी –जर्मनीको बायर्न म्युनिख च्याम्पियन्स लिगको‌ अन्तिम १६ मा‌ पुगेको‌ छ। स्कटल्याण्डको‌ सेल्टिकसँग मंगलवार प्ले अफको दोस्रो लेगमा १-१ को‌ बराबरी खेल्दै बायर्नले प्रि क्वाटरफाइनलको यात्रा तय गरेको हो। इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरेपछि बायर्न सेल्टिकसँग १-१ को‌ बराबरी गरेको हो। पहिलो लेगमा २-१ ले विजयी भएको बायर्न समग्रमा ३-२ को अग्रतासहित अघि बढेको […]

February 18, 2025

समिर पोखरा थन्डर्सको मार्की खेलाडी

काठमाडौं ( हाम्रो खेलकुद)- पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि राष्ट्रिय फुटबल टोलीका सदस्य समिर तामाङलाई मार्की खेलाडी बनाएको छ। पोखराले मंगलवार समिरलाई मार्की खेलाडी अनुबन्ध गरेको जनाएको छ । नेपाली यु १९ टोलीबाट खेलिसकेका समिरलाई पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले मार्कीको जिम्मेवारी सुम्पेको बताइएको छ। समिर एनएसएलमा पहिलो पटक मार्की खेलाडी […]

February 18, 2025

केपी ओली कप – ब्ल्याक बुल्स र एपिएफबिच उद्घाटन खेल

काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने केपी ओली फुटबल प्रतियोगिताको मंगलवार खेल तालिका सार्वजनिक भएको छ। आहा! रारा पोखरा गोल्डकप विजेता उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपिएफबिच उद्घाटन खेल हुनेछ। त्यो खेलको विजेताले क्वाटरफाइनलमा संकटा क्लबको सामना गर्नेछ। नेपाल युवा संघले आयोजना गर्ने प्रतियोगितामा २ विदेशीसहित ९ टोलीको सहभागिता रहनेछ। फागुन १२ र १३ […]

Success

Thank you for your time.