default_image

6 years ago

June 9, 2018

विश्वकपमा हेर्नलायक खेलाडी – एन्टोइन ग्रिजम्यान

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदमा सबैभन्दा चर्चित प्रतियोगिता, फुटबलको महाकुम्भ फुटबल विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुंदैछ । हाम्रो खेलकुदको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर ६ मा रहेका छन् फ्रान्सका फरवार्ड एन्टोइन ग्रिजम्यान ।

यस विश्वकप २०१८ मा फ्रान्सलाई ब्राजिल, स्पेन, जर्मनी र अर्जेन्टिनासँग बलियो दाबेदारका रुपमा हेरिएको छ । तर, युरोकप २०१६ मा फ्रान्सलाई दाबेदार मानिए पनि फाइनलमा पोर्चुगलसंग हार्न पुगेको थियो । यस प्रतियोगितामा भने फ्रान्स सो गल्ती दोहोराउन चाहन्न ।

फ्रान्सलाई २० वर्षमा पहिलो पटक विश्वकप उपाधि दिलाउन एट्लेटिको म्याड्रिडका फरवार्ड तथा फ्रान्सका कप्तान एन्टोइन ग्रिजम्यानको भुमिका निकै महत्त्वपूर्ण हुनेछ । ग्रिजम्यानले यस सिजन सबै प्रतियोगितामा ३० गोल गर्न सफल भएका थिए ।

ग्रिजम्यान एक सिद्ध खेलाडी हुन् । उनी गोल गर्न र गोल सिर्जना गर्न पनि उत्तिकै माहिर छन् । खेलमा आफ्नो मिहेनतका लागि चर्चित ग्रिजम्यान अग्रपंक्तिको कुनै पनि स्थानमा खेल्न सक्छन् । किलियन बाप्पे, ओलिभर जिरुड र थोमस लेमार जस्ता खेलाडीहरुलाई अवसर दिन र फ्रान्सको खेलमा नियन्त्रण र प्रवाह ल्याउन ग्रिजम्यानको भुमिका मुख्य रहेको छ ।

फ्रान्स विश्वकप समूह ‘सी’ मा अष्ट्रेलिया, डेनमार्क र पेरुसंग रहेको छ । तुलनात्मक रुपमा सहज समूहमा रहेको फ्रान्सलाई प्रतियोगिताको आगामी चरणहरु भने पक्कै सहज हुने छैन, र त्यसका लागि ग्रिजम्यानको गोल गर्ने र नेतृत्व क्षमता उनको टोलीका लागि अति आवश्वक हुने छ ।

के फ्रान्स यस विश्वकपमा उपाधी जित्न सक्ला?

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.