7 years ago
June 9, 2018
मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब केहि दिनमात्र बाँकी छ । सबै टोलीहरुले आफ्नो अन्तिम टोलीको घोषणासँगै तयारीलाई अन्तिम चरणमा लगेका छन् । केहि टोली त रसिया पुगिसकेको अवस्था पनि छ । सहभागी ३२ टोलीमा कुन क्लबका कति खेलाडी छन् त ?
प्रिमियर लिग टोली म्यानचेस्टर सिटीका सर्वाधिक १६ खेलाडी विश्वकपमा सहभागी हुँदै छन् । इंग्ल्यान्डका फाबियन डेल्फ, रहिम स्टरलिङ, जोन स्टोन्स र काइल वाल्करसँगै स्पेनका डेविड सिल्भा विश्वकपमा खेल्दै छन् । यसबाहेक ब्राजिलका ड्यानिलो, एडरसन, फर्नान्डीन्हो र ग्याब्रिएल जेसस तथा विश्वकपको साविक विजेता जर्मनीका इल्काए गुन्डोगन पनि टोलीमा छन् । अर्जेन्टिनाबाट सर्जियो अगुएरो र निकोलास ओटामेन्डी तथा बेल्जियमबाट केभिन डे ब्रुएन र भिन्सेन्ट कम्पनि खेल्दैछन् । पोर्चुगलका बर्नार्डो सिल्भा र फ्रान्सका बेन्जामिन मन्डी पनि विश्वकपमा प्रतिस्पर्धा गर्दैछन् ।
दोस्रो स्थानमा रियल म्याड्रिडका १५ खेलाडी विश्वकप टोलीमा छन् । ब्राजिलका क्यासेमिरो र मार्सेलो तथा क्रोएसियाका लुका मोड्रीच र माटियो कोभाचिचसँगै फ्रान्सका राफेल भाराने विश्वकप खेल्दैछन् । जर्मनीका टोनी क्रुस, कोस्टारिकाका केलर नाभास, मोरोक्कोका अक्रफ हाकिमी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि महाकुम्भमा सरिक हुनेछन् । स्पेनबाट ड्यानी कर्भाजल, नाचो फर्नान्डेज, लुकास भाज्केज, सर्जियो रामोस, मार्को एसेन्सियो र इस्को विश्वकपमा सामेल हुँदैछन् ।
तेस्रो स्थानमा बार्सिलोनाका १४ खेलाडी छन् । लिओनेल मेस्सी (अर्जेन्टिना), थोमस भर्मालेन (बेल्जियम), इभान रकिटिच (क्रोएसिया), एरि मिना (कोलोम्बिया), लुइस सुआरेज उरुग्वे र मार्क आन्देर टेर स्टेगन (जर्मनी) विश्वकपमा खेल्दैछन् । ब्राजिलबाट फिलिपे कोउटिन्हो र पाउलिन्हो खेल्दा स्यामुएल उम्टिटी र ओस्मान डेम्बेलेले विश्वकपमा फ्रान्सको जर्सी लगाउनेछन् । स्पेनिस टोलीमा जेरार्ड पिके, जोर्डी अल्बा, सर्जियो बुस्केट्स र आन्द्रेस इनिएस्टा परेका छन् ।
फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन र इंग्लिस टोली टोटेनहम हट्स्परका पनि १२ खेलाडी विश्वकपमा खेल्दै छन् ।
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको प्ले अफमा पुगिसकेका दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले आज एकअर्काको सामना गर्नेछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ। लिगको अन्तिम चरणमा शीर्षस्थानमा रहेको एपिएफ फुटबल क्लबसँग अंक दूरी कम गर्नका लागि विभागीय डर्बीमा आर्मी र पुलिसले हरसम्भव जित […]
January 16, 2025
एजेन्सी – स्पेनिस सुपर कप विजेता बार्सिलोना कोपा डेल रे क्वाटरफाइनलमा पुगेको छ । रियल बेटिसलाई बुधवार ५-१ को हराउँदै बार्सिलोना अन्तिम आठमा पुगेको हो। बार्सालिनालाई जित दिलाउन गावी, जुलियस कोन्डे, राफिन्हा, फेरान टोरेस र लामियन यमालले गोल गरे । बेटिसका भिटोर रोकले गोल गरे । गावीको गोलमा बार्सिलोनाले तेस्रो मिनेटमा अग्रता लियो । २७औं […]
January 15, 2025
सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]