default_image

6 years ago

June 9, 2018

क्रोएसिया र स्विट्जरल्यान्ड विजयी, पोल्यान्ड भने रोकियो

52 views

0 Bookmark

मस्को (एजेन्सी) – गए रातिको विश्वकप मैत्रीपूर्ण खेलमा क्रोएसिया, स्विट्जरल्यान्ड र इरानले जित हांसिल गरेको छ भने पोल्यान्ड बराबरीमा रोकिएको छ ।

स्विट्जरल्यान्डले जापानलाई २-० ले हराउन सफल भएको हो । स्विट्जरल्यान्डका लागि रिकार्डो रोड्रिगेज र हारिस स्फेरोभिचले गोल गरेका थिए । स्विट्जरल्यान्ड विश्वकप समूह ‘ई”मा ब्राजिल, कोस्टा रिका र सर्बियासँग रहेको छ भने जापान समूह ‘एच’मा पोल्यान्ड, कोलम्बिया र सेनेगलसँग रहेको छ ।

त्यस्तै, क्रोसियाले विश्वकप टोली सेनेगललाई हराउन सफल भएको छ । सेनेगलका इस्मालिया सारले टोलीलाई अग्रता दिलाए पनि इभान पेरिसिच र आन्द्रे क्रामारिचले गोल गर्दै टोलीलाई खेलमा फर्काएका हुन् ।

यसैगरी करिम इन्सारिफार्डको गोलमा इरानले लिथुवानियालाई १-० ले हरायो । इरान विश्वकप समूह ‘बि’मा पोर्चुगल, स्पेन र मोरक्कोसँग रहेको छ । त्यस्तै गए राति खेलिएको अन्तिम मैत्रीपूर्ण खेलमा चिली र पोल्यान्ड २-२ को स्कोरमा रोकिए ।

पोल्यान्डका लागि रोबर्ट लेवान्डोस्की र पिओटर जेल्सिन्कीले गोल गरे पनि चिली दुई गोल फर्काउन सफल भएको हो । चिली यस विश्वकपमा छनोट हुन असफल भएको हो ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.