default_image

6 years ago

June 9, 2018

जर्मनी साउदी अरेबिया विरुद्ध विजयी

40 views

0 Bookmark

म्युनिख (एजेन्सी) – गए राति खेलिएको विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत साविक विजेता जर्मनीले अर्को विश्वकप टोली साउदी अरेबियालाई २-१ ले हराएको छ ।

जर्मनीका लागि स्ट्राइकर टिमो वेर्नरले आठौं मिनेटमा टोलीका लागि खाता खोलेका थिए । त्यस्तै ४३ औं मिनेटमा साउदी अरेबियाको आत्मघाती गोलद्वारा जर्मनीले आफ्नो अग्रता दोब्बर बनाएको थियो ।

दोस्रो हाफको ८४ औं मिनेटमा भने साउदी अरेबिया एक गोल फर्काउन सफल भएको थियो । ताइसर अल जसिमले गोल गर्दै साउदीलाई खेलमा फर्काउन खोजे पनि असफल भएका थिए ।

साविक विजेता जर्मनी विश्वकप समूह ‘एफ’ मा मेक्सिको, स्विडेन र दक्षिण कोरियासँग रहेको छ । अर्को तर्फ साउदी अरेबिया समूह ‘ए’मा आयोजक रुस, इजिप्ट र उरुग्वेसँग रहेको छ ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.