default_image

6 years ago

June 9, 2018

फिफा विश्वकप : ५ दिन बाँकी!

45 views

0 Bookmark

मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब मात्र ५ दिन बाँकी छ । डिफेन्डीङ च्याम्पियन जर्मनी, स्पेन, ब्राजिल र फ्रान्सलाई मुख्यत यस पटक उपाधिको दावेदारको रुपमा हेरिएको छ । अर्जेन्टिना, इंग्ल्यान्ड र पोर्चुगलले पनि उपाधिको लागि दावेदारी प्रस्तुत गरिसकेका छन् ।

‘आक्रमणले खेल जिताउँछ भने डिफेन्सले उपाधि जिताउँछ ‘ । उपाधि जित्न बलियो आक्रमण मात्र नभएर उत्तिकै चुस्त डिफेन्सको पनि आवश्यकता पर्दछ । पछिल्लो विश्वकपमा जर्मनीले उपाधिसम्मको यात्रा तय गर्दा टोलीका डिफेन्डर म्यट्स हमल्सले उत्कृष्ट प्रदर्शन गरेका थिए । यसपटक पनि जर्मनीले उपाधि रक्षा गर्ने हो भने डिफेन्समा हमल्स लगायतका खेलाडीले निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

पछिल्लो संस्करणको तुलनामा जर्मन टोलीलाई चोटले केहि समस्या भने पक्कै दिएको छ । गोलरक्षक म्यानुएल नोएर र डिफेन्डर जेरोम बोटेङ विश्वकप अगाडी चोट बोक्नुले जर्मन टोलीलाई केहि बेफाइदा पक्कै हुनेछ । यद्यपी टोलीमा दुवै खेलाडीको उचित विकल्प भने तयार छन् । नोएरको स्थानमा बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगन छन् भने बोटेङको स्थानमा निक्लास सुलले खेल्न सक्नेछन् ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.