default_image

6 years ago

June 8, 2018

चोटका कारण अर्जेन्टिनाले अर्को स्टार खेलाडी गुमाउने

43 views

0 Bookmark

मस्को (एजेन्सी) – विश्वकप २०१८ सुरु हुन अब एक हप्ता बाकीं हुँदा अर्जेन्टिनालाई ठूलो धक्का परेको छ । २०१४ को उपविजेता टोली अर्जेन्टिनाले अहिले भर्खरै आफ्ना स्टार मिडफिल्डर गुमाएको छ ।

अर्जेन्टिनाका मिडफिल्डर म्यानुयल लान्जिनी घुंडाका चोटका कारण विश्वकपमा भाग नलिने भएका छन् । लान्जिनी प्रिमियर लिगको टोली वेस्ट ह्यामका लागि खेल्ने गर्छन् ।

केही महिना यता लान्जिनी अर्जेन्टिनी टोलीमा नियमितजसो परिरहेका थिए ।अर्जेन्टिनाले हाइटीलाई ४-० ले हराउंदा पनि लान्जिनी सुरुवाती ११ मै थिए । एन्जल डि मारिया बायाँ विङ तथा लान्जिनी बायाँ विङमा खेलाउने प्रशिक्षक जोजे सेमापाउलीको रणनीति रहेको अनुमान गरिएको थियो ।

तर, लान्जिनीको चोटपछि अर्जेन्टिनाले अर्को रणनीति खोज्ने विश्वास छ । अर्जेन्टिनाले यस अघि आफ्ना गोलकिपर रोमेरोलाई पनि चोटका कारण गुमाएको थियो ।

अर्जेन्टिना ग्रुप अफ डेथ मानिएको समूह ‘डि’ मा नाइजेरिया, आइसल्यान्ड र क्रोएसियासँग रहेको छ ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.